समाचार संकलनमा रहेका तिन पत्रकारलाई प्रहरीले दुर्व्यवहार गर्‍यो

बुटवल , १८५  पटक हेरिएको

बैशाख २

समाचार संकलनको क्रममा रहेका ग्लोबल आवाजका समाचार संयोजक डी.बी. सुस्लिङसहित ३ पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङसहित खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठमाथि दुर्व्यवहार भएको हो । पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।

यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले भने दुरभाग्यबस सो घटना घटना हुन पुगेको बताए । पत्रकारहरुको सूचना संकलन गर्न पाउनु अधिकार भएको बताउँदै प्रहरी प्रमुख केसीले उक्त घटनाले आफुलाई दुःखित बनाएको भन्दै माफि समेत माग्ने बताए । त्यसका लागि पत्रकारहरुलाई इलाकामा बोलाएको उनले बताए ।श्रोत globalaawaj

प्रकाशित मिति: २०२२-०४-१५ , समय : १६:२८:४० , २ वर्ष अगाडि