रुपन्देही खबर , ४७९ पटक हेरिएको
दाङ, माघ १
लुम्बिनी प्रदेश सरकारले यही माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएको हो । यस वर्ष पनि माघे संक्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनु भएको छ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।
प्रकाशित मिति: २०२५-०१-१४ , समय : १४:४०:२५ , १ वर्ष अगाडि