सघिंय वन नियमावली २०७९ खारेजीका लागी वन महासंघले आन्दोलन गर्ने,

महेश यादव , ४९३  पटक हेरिएको

परासी , साउन ३

 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीको आयोजना तथा स्थानिय सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुनवलको समन्वयमा सामुदायिक वन विरुद्ध ल्याइएको सघिंय वन नियमावलि २०७९ खारेजीका लागी अन्र्तकृया कार्यक्रम मंगलबार सुनवलमा सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका प्रदेश सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सघिंय सरकारले ल्याएको वन नियमावली २०७९ को विरुद्ध सामुदायिक वनहरु एकजुट भई उपभोक्ताहरुको हकहतिका लागी सरकार संग लड्नुको विकल्प नभएको बताउनुभएको छ । साथै उहाँले महासंघले सदैव सामुदायिक वनहरुको हकमा वकालत गर्दै आइरहेकोले अब भने महासंघले सरकारले ल्याएको वन नियमावली विरुद्ध गर्ने आन्दोलनमा सहभागि हुन सबैलाई आह्वान समेत गर्नुभएको छ ।

 

सो अवसरमा बोल्दै महासंघका जिल्ला अध्यक्ष परियारले सामुदायिक वनहरु सधै राज्यको बिपक्ष हुने गरेको र हामी आफ्नो अधिकारका लागि डटेर लागि पर्नुपर्ने अबस्था आएको बताउदै उँहाले सामुदायिक वनमा अनियमितता गर्न राज्यले चलाखी गरेको हुदा यस तर्फ सबै सजग भई उपभोक्ताको हितको लागी हुने लडाईमा सबै सहभागि बन्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा सामुदायिक वनको समितिमा रहेर काम गरेका र स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै सहभागिहरुले सघिंय सरकारले ब्यवस्था गरेको वन नियमावली २०७९ मा कटौती गरिएका हक अधिकार बारे व्यापक रुपमा छलफल गरि आन्दोलनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । सुनवल स्थानिय महासंघमा आबद्ध २२ वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा महासंद्धले चरणबद्ध आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । जस अन्तर्गत साउन २५ गते सम्म पहिलो चरणको आन्दोलन सम्पन्न गर्ने महासंघका जिल्ला अध्यक्ष कमल परियारले बताउनुभएको छ ।

 

महासंघका उपाध्यक्ष दिलिप चापागाईको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव शारदा पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : २२:०६:१७ , २ वर्ष अगाडि