कपिलवस्तुको कृष्णनगरमा नमस्ते हाम्रो स्वर्गद्वारी टूर एण्ड ट्रावल्स संचालन

अजय मिश्र , २८०  पटक हेरिएको

कृष्णनगर बैशाख २

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ मा नमस्ते हाम्रो स्वर्गद्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो स्वर्गद्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका छन् l

विशिष्ट अतिथिमा पश्चिम् नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आनन्द भण्डारी, सह इन्चार्ज निर्मल पराजुली, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पि. कृष्णनगरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो स्वर्गद्वारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै आफूले व्यवसायीहरूलाइ सधै सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताए l
कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिडले गर्दा आक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए l

नमस्ते हाम्रो स्वर्गद्वारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपालदेखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठांउ बाट नेपाल आउन सबैले सेवाको मौका दिन अनुरोध गर्नुभयो l

कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रम संचालन भुमा घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : २१:११:०९ , २ वर्ष अगाडि