सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु

रुपन्देही खबर , ४१२  पटक हेरिएको

सिरहा, साउन ८

सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा  गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटाेमै मृत्यु भएकाे बताइएको छ।खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थापा पाएको स्थानीय नरवहादुर थापाले जानकारी दिनु भएको छ ।

उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।

 

प्रकाशित मिति: २०२२-०७-२४ , समय : २३:२१:३१ , २ वर्ष अगाडि