पाँच बर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ बर्षिय पुरुष पक्राउ

रुपन्देही खबर , ३०९  पटक हेरिएको

पाल्पा, साउन १४

 

पाँच बर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुषलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका ६ बस्ने ६२ वर्षिय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुरुचारको अभियोगमा पक्राउ गरेको हो ।

 

बलालले स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा बालिकाको घरमा गई यौन दुराचार गरेको उजुरीका आधारमा बलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढि प्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा बलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०७-३० , समय : १३:५२:३७ , २ वर्ष अगाडि