रुपन्देही खबर , ३४१ पटक हेरिएको

भैरहवा, चैत १९
राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको उहाका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिनु भएको छ ।
बोहोरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित हुनु भएको थियो । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित उहाले ०७९ काे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०४-०१ , समय : ११:३५:२० , ३ हप्ता अगाडि