लुम्बिनी विकास कोषको सल्लाहकारमा गुरुङ नियुक्त

रुपन्देही खबर , २९४  पटक हेरिएको

बुटवल,वैशाख २
रुपन्देहीका युवा व्यवसायी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ । 

कोषले उहाँलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उहाँ तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष हुनुहुन्छ । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ । 

सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आउनुभएको छ । सल्लाहकार नियुक्ती भएपछि गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : २१:३८:३८ , २ वर्ष अगाडि