नगर प्रमुख शाहको पहलमा नइमिया कब्रिस्तान भित्र प्रतिक्षालय निर्माण

रुपन्देही खबर , ३३५  पटक हेरिएको

कृष्णनगर, साउन १६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको नइमिया कब्रिस्तान भित्र प्रतिक्षालय निर्माण गरिएको छ । कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको पहलमा नगर स्तरीय बजेटबाट पांच लाख छुट्याईएको रकमबाट नइमिया कब्रिस्तान भित्र प्रतिक्षालय निर्माण गरिएको हो ।

 

नइमिया कब्रिस्तानको रेखदेख गर्ने संस्था अहले सुन्नत नइमिया नेपाल संस्थाले उक्त प्रतिक्षालय निर्माण गरेको हो । साथै कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगिर अहमद खां को पहलमा वडा स्तरीय बजेटबाट तीन लाख नइमिया कब्रिस्तानका लागि छुट्याईएको रकमले उक्त कब्रिस्तान भित्र केही ठाउमा जग्गा ढलान गरिएको अहले सुन्नत नइमिया नेपालले काम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

नइमिया कब्रिस्तान भित्र निर्माण गरिएको प्रतिक्षालयमा इदुल फित्रका दिन नमाज अदा गर्न जाने व्यक्तिलाई बस्न तथा मुस्लिम समुदायका व्यक्तिहरूको मृत्यु पश्चात दफन गर्न सोही ठाउमा गर्ने तथा मलामीहरुलाई घाम, पानीबाट सुरक्षित राख्न साथै केही समय विश्राम गर्नका लागि समेत सो प्रतिक्षालयबाट सहयोग पुग्ने बताइएको छ ।

 

ढलान गरिएको ठांउमा नमाज अदा गर्न सहज हुने अहले सुन्नत नइमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्ला खां ले विश्वास व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-०१ , समय : २१:१६:३८ , २ वर्ष अगाडि