रुपन्देही खबर , १०६ पटक हेरिएको

भैरहवा, बैशाख ३०
नेकपा (माओबादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लीग, नेपाल सिद्धार्थनगरको तेस्रो नगर अधिबेशन भैरहवामा सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लीग, नेपाल सिद्धार्थनगरका अध्यक्ष राज अलीको अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत रामदामको प्रमुख आतिथ्यतामा तेस्रो नगर अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनलाई उदघाटन गर्नु हुदै प्रमुख अतिथी रामदामले पार्टीमा योङ्ग कम्युनिस्ट लीग, नेपालको भूमिका र आवश्यकताको बारेमा जानकारी गराउदै बाल बिवाह भ्रष्टाचार ,बिकृति न्यूनीकरण गरी निर्मूल पार्ने जिम्मेदारी –योङ्ग कम्युनिस्ट लीग, नेपालको रहेको बताउनु भएको छ उहाले युवाहरु देशको कर्णधार हुन भन्दै अब समाज र देशको नेतृत्व गर्ने जिम्मेदारी–योङ्ग कम्युनिस्ट लीग, नेपालको रहेको जोड दिनु भयो ।
यस्तै गरी विशिष्ट अतिथि नेकपा (माओबादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तीर बहादुर रोका “डर्बिन“ ले बोल्दै योङ्ग कम्युनिस्ट लीग, नेपाल पार्टीको मेरुदण्डको रुपमा रहेको बताउनु भएको छ । उहाले युवाहरुलाई राजनीतिक सँगै सामाजिक ,खेलकूद र उत्पादनमा जोडनका लागि आग्रह समेत गर्नु भएको छ ।
यस्तै गरी विशिष्ट अतिथि योङ्ग कम्युनिस्ट लीग, नेपाल का केन्द्रीय सचिव माधव बस्नेतले बोल्दै योङ्ग कम्युनिस्ट लीग, नेपालको बिधान,नीति र अधिबेशन प्रक्रियाको बारेमा जानकारी गराउदै समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपुर्ण भएको बताउनु भएको थियो ।
यस्तै गरी अतिथि योङ्ग कम्युनिस्ट लीग, नेपाल रूपन्देही जिल्ला संयोजक केशव कुवँर बोल्दै योङ्ग कम्युनिस्ट लीग, नेपाल अरु युवा संगठन बाट फरक रहेको बताउनु भएको छ । उहाले युवाहरुको उज्जवल भविष्य –योङ्ग कम्युनिस्ट लीग, नेपालमा मात्र रहेको बताउनु भएको थियो ।
यता तेस्रो नगर अधिबेशनले पुन राज अलीको अध्यक्षतामा ३१ सदस्यीय योङ्ग कम्युनिस्ट लीग, नेपाल सिद्धार्थनगरको नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्ष सुरेन्द्र कुर्मी ,उपाध्यक्षमा राम गुरूंग, साबित आले, सचिवमा आदित्य पाण्डेय कोषाध्यक्षमा राजु खान , सह सचिवमा मनीष हरिजन चयन हुनु भएको छ । कार्यक्रममा योङ्ग कम्युनिस्ट लीग, नेपाल रूपन्देही जिल्ला इन्चार्ज सपना रोका, अतिथि नेकपा (माओबादी केन्द्र) सिद्धार्थनगर नगर अध्यक्ष नारायण हमाल ठकुरी, अथितिहरुमा कमला थापा, धुर्व लामगादे,रामप्रसाद सुनार, शर्मिला क्षेत्री, बब्लू खान, रामचन्द्र कोइरी, राकेश यादव,ओमप्रकाश गुप्ता, बिनिराम, गोपालमान ,कृष्णा ढुंगान,सृजन थापा, लक्ष्मण ,बंजाडे लगायतको सहभागिता रहेको थियो
प्रकाशित मिति: २०२५-०५-१३ , समय : २३:३१:११ , ७ घन्टा अगाडि