रुपन्देही खबर , ९० पटक हेरिएको

नवलपरासी, जेठ ६
पश्चिम नवलपरासीको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१ सण्डाका २२ वर्षीय जीवन यादव रहेका छन । परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार यादवलाई आइतवार सुनवल नगरपालिका–९ स्वाठीमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याइएको थियो। अस्पतालमा राति ९ बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि भारतीय नम्बर प्लेटको सानो गाडी भागेको प्रहरीले जनाएको छ । फरार गाडीको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२० , समय : ०८:५०:१८ , १३ घन्टा अगाडि