रुपन्देही खबर , २८१ पटक हेरिएको

लुम्बिनी , असार ७
नेशनल प्याब्सन रुपन्देहीले शुक्रवार लुम्बिनी बौद्ध विश्वविद्यालयमा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षता तथा शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि बन्जाडेले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताहरू अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले नेशनल प्याब्सनको यस प्रकारको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।
यस्तै गरि कार्यक्रममा बाेल्दै नेशनल प्याप्सन केन्दीय उप महासचिव विष्णु प्रसाद पाैडेलले उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई सिर्जनशिलता सबैभन्दा महत्वपूर्ण कुरा भएकाेले आफूहरूलाई सिर्जनशिल बनाउनुपर्नेमा जाेड दिनुभएको थियो ।
यस्तै गरि यस कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुगेको आयोजकले बताएको छ।कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र कला कौशल प्रदर्शन गर्ने उत्कृष्ट अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए। आयोजक नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै निर्णायक मण्डल, विद्यालयहरू, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नेशनल प्याब्सन सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
प्रतियोगितामा कविता लेखन तथा वाचनको निर्णायक मण्डलमा कृष्णप्रसाद पाण्डे र रमेश भण्डारी रहनुभएको थियो भने चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा उज्जलकुमार कायस्थ तथा जितेन चौधरीले भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन रूपन्देहीका कोषाध्यक्ष कमल पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामअवतार यादवले राख्नु भएको थियो । कार्यक्रममा विलप्रसाद गुरुङ, प्रमिला पछाई, शंकर गौतम, एल.बी. रौतार, अरविन्द हरिजन, कमलेश यादव लगायतको सहभागिता रहेको थियो।
प्रतियोगिताका कविता लेखन तथा वाचन (सिनियरतर्फ): देवदह इङ्ग्लिस बोर्डिङ स्कुलको दिया न्यौपाने प्रथम, सिद्धार्थ बोर्डिङ स्कुलको स्मृति भट्टराई द्वितीय, ग्लोरी बोर्डिङ स्कुलका सिद्धी केशरी तृतीय र बुटवल ग्लोरी स्कुलका गुराँस गहतराज सान्त्वना स्थान हासिल गर्नु भएको छ । त्यस्तै गरि कविता लेखन तथा वाचन (जुनियरतर्फ) स्कलर्सहोम स्कुलका वार्षिका बन्जाडे प्रथम,
नमुना एभरग्रिन स्कुलका निकोल चापागाईं द्वितीय सिद्धार्थ ग्यालेक्सीका शिवानी सापकोटा तृतीय हुनु भएको छ भने ब्राइट स्टार इङलिस बोर्डिङ स्कुलका नसिफा खातुन सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
त्यस्तै चित्रकला प्रतियोगिताको (जुनियरतर्फ) ब्राइट स्टार बोर्डिङ स्कुलका छात्र करन माैर्य प्रथम,ग्लोरी बोर्डिङ स्कुलका प्राप्ति श्रेष्ठ द्वितीय, नमुना एभरग्रिन स्कुलका स्मारिका नामजाली तृतीय र देवदह बाेडिङ्ग स्कुलका साइमन थापा सान्त्वना स्थान हासिल गर्नु भएको छ । यस्तै गरि चित्रकला प्रतियोगिता सिनियरतर्फ सिद्धार्थ ग्यालेक्सी बोर्डिङ स्कुलकी छात्रा मेगा गुरूङ प्रथम , ब्राइट स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा निसा गुप्ता द्वितीय,देवदह इङ्ग्लिस बोर्डिङ स्कुलका सुदिक्षा श्रेष्ठ तृतीय र ग्लोरी बोर्डिङका प्राप्ति थापाले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
प्रतियोगिताका विजेता भएका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कला र साहित्यप्रतिको रुचि बढाउनुका साथै प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
शिक्षाको गुणात्मक विकासमा रचनात्मक क्रियाकलापको महत्वलाई जोड दिँदै आयोजना गरिएको यस कार्यक्रममा रुपन्देही जिल्लाभरिका २३ वटा विद्यालयका ५६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२५-०६-२१ , समय : ०५:२५:५६ , ६ दिन अगाडि