तिलोत्तमामा पढ्दै–कमाउँदै गरेका विद्यार्थी मेहनती र आत्मनिर्भर बन्दै

उर्मिला यादव यात्री , ६९६  पटक हेरिएको

तिलोत्तमा, असार १९

केही दिनयता रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित श्री शान्ति नमुना मा.बि को कक्षा १० मा अध्ययनरत लेखनाथ ठाकुरको दैनिकी फेरिएको छ । विद्यालयले आर्थिक उपार्जनका लागि गड्यौलाबाट मल उत्पादन गर्ने तालिम दिएपछि ठाकुरले पढाइसँगै मल उत्पादनमा समय खर्चिन थालेका हुन् । विद्यालय जानु अघि र फर्केपछि गडयौलाबाट मल बनाउन उनी गोबर, लगायत अन्य सामानको जोहो गर्छन । पढाइसँगै काममा पनि समय दिएकोमा लेखनाथका आमाबुबा पनि खुसी छन् ।


ठाकुरले गडयौलाबाट मल बनाउने तालिम लिए संगै पहिलो पटक तीन किलो मल बेचेर ९० रुपैया कमाएको बताए । उनले मल मात्र बनाउदैनन उनी बिद्यालयबाट पाएको फर्सी ,लौका , घिरम्ला र काक्रा लगायतका बिरुवा रोपेर तरकारी समेत फलाउदै आएका छन । उनी आफुले उत्पादन गरेको मल तरकारी बारीमा समेत प्रयोग गर्दै आएको बताए । उनी थपे अहिले घरमै उत्पादन गरेको अर्गानिक तरकारी खान पाएका छौ ।

कक्षा ९ मा पढदापढदै गडयौलाको मल बनाउन सिकेका लेखनाथ आफुले बनाएको मल आफनै करेसाबारी, फुलहरुमा प्रयोग गर्दै आएको बताउछन । उनी सिमित मात्रामा मल उत्पादन गरेकोले घरछिमेकमा नै मल बेच्ने गरेको बताए । पहिला खाली समयमा टिभी र मोबाइलमा समय बिताउने लेखनाथ अहिले फुसर्दको समयमा गडयौला हेर्ने, मल बन्यो कि बनेन सो बारे चासो राख्दै गडयौलाका बच्चा ठुला भए भएनन बढी रुचि राख्ने गर्छन । उनी फुर्सदको समयमा तरकारीमा पानी हाल्ने लगायत रेखदेखकै काममा नै बढी समय दिने गरेका छन । विद्यालयले पनि व्यावहारिक ज्ञानसँगै यसबाटै आयआर्जनको लागि गडयौला लगायत तरकारीका बेर्ना बितरण गरेपछि यसबाट आम्दानीसँगै धेरै कुरा सिक्ने अवसर मिलेको लेखनाथले बताए । सिकेका कामलाई भबिष्यमा निरन्तरता दिदै जाने लेखनाथको सोच छ ।

लेखनाथकै सहपाठी १५ बर्षिय सुमित क्षेत्रीलाई पनि विद्यालयले तरकारीको तालिम दियो । उनी तालिममा सहभागी भए लगत्तै लौका र काक्राको बिरुवा पाएका छन् । पढाइमा मात्र सिमित सुमित तरकारीका बिरुवा पाए संगै उनको दैनिकी समेत फेरिएको छ । स्कुल जानु भन्दा अगाडी र स्कुलबाट आए पछि उनी केही समय आफनो करेसाबारीमा भुल्ने गर्छन । उनी भन्छन खेल्ने र मोवाइल हेर्ने समय अहिले तरकारी खेतीमा लगाउदै आएको छु । पढदै कमाउदै कार्यक्रम बिद्यार्थीका लागी एकदमै उपयोगी भएको उनको बुझाई छ । यो भबिष्यको लागी राम्रो सिकाइ हो , उनी थपे पढी सकेपछि कृषिमै केही गर्ने सोच बनाएको छु ।


यस्तैगरी गडयौला मल उत्पादन र तरकारी खेतीमा जुटेकी श्री शान्ति नमुना मा.बि कै कक्षा १० मा अध्ययनरत १६ बर्षिय नान्सल माया वाइवा आफूले पढेको कुरा खेतबारीमै काम गरेर सिक्दै कमाउने अवसर पाएकोमा खुसी छिन् । एकातिर पढाइ अनि अर्कोतिर कमाइ पनि हुने हुँदा यो कार्यक्रम बिद्यार्थीका लागि निकै प्रभावकारी भएको उनले बताइन् । उनले सुरुवाती चरणमा बिद्यालयमै गडयौलाबाट मल बनाउन सिकिन भने अहिले घरमा नै गडयौला मल उत्पादन गर्दै आएकी छिन , नान्सल मल मात्रै उत्पादन गर्दैनिन उनी बिद्यालबाट पाएको लौका,घिरौला, करेला लगायतका बिरुवाहरु रोपेर तरकारी समेत उत्पादन गर्दै आएकी छिन । नान्सल गडयौलाबाट मल उत्पादन गरेको एक बर्ष पुग्यो भने तरकारी खेतीमा रमेको ४ महिना हुन लागेको छ । उनले आज सम्म बनाएका मल प्रति किलो ३० रुपैयाका दरले ८ किलो सम्म बिद्यालयमा नै बेचिसकेकी छिन । भने उनले लगाएका तरकारी घरमा नै खपत हुदै आएको बताइन ।


कुनै बेला बिरुवाको बारेमा केही जानकारी नभएकी नान्सल अहिले भने आफु धेरै जिम्मेवार भएको बताउछिन । उनले सैद्धान्तिक सिकाइ मात्र नभई व्यावहारिक ज्ञान पनि चाहिने भएकाले मल बनाउने तरकारी फलाउने समूहमा सहभागी भएको सुनाइन । ‘घरमा त पहिलेदेखि नै तरकारी लगाइन्थ्यो तर आफूले रोपेको तरकारीको बिरुवामा अपनत्व बढी हुने रहेछ,’ उनले थपिन, ‘यसको आम्दानी पनि आफैंलाई हुने भएकाले मल बनाउन र तरकारी फलाउनमा चासो पनि बढी हुने रहेछ ।’ आफूले सिकेका कुरा व्यवहारमा लागू गर्ने भएकाले यसले पढाइलाई नै सघाउ पु¥याएको नान्सलको अनुभव छ ।

पढदै कमाउदै कार्यक्रम बिद्यार्थीका लागी एकदमै आवश्यक भएको उनको बुझाइ छ । खाली समय मोवाइलमा गेम खेल्ने र मोवाइलमा नै ब्यस्त हुदा बाहिरी कुराबारे जानकारी नै हुदैनथ्यो तर बिद्यालयले ल्याएको कार्यक्रम एकदमै प्रभावकारी र उत्साहित बनाएको उनले बताइन । बिद्यालयले अझै पनि फरक फरक किसिमका कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत स्वआर्जन गरी अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीका कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारिएको थियो ।

आ.ब. २०७९÷८० मा तिलोत्तमा नगरपालिकामा पढदै कमाउदै कार्यक्रम लागु भएको हो । संघिय सरकारको १० लाखको बजेटमा सुरु भएको यो कार्यक्रम आ.ब. २०७९|८० मा रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित श्री शान्ति नमुना मा.बि छनोट भएको थियो । यस्तै गरी आ.ब.२०८०÷८१ मा समेत पुन शान्ति नमुना मा.बि. नै छनोट भएको हो । जसमा संघिय सरकारले ५ लाख रुपैया छुटयाएको थियो ।

सोही कार्यक्रमको कार्यान्वयनका लागि विद्यालयमा अहिले पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको छ । विद्यालयमा अहिले पढ्दै कमाउँदै कार्यक्रम  अन्र्तगत गडयौला पालनबाट मल उत्पादन, तरकारी खेती, अचार , मस्यौरा र मुरब्बा बनाउने , पन्चेबाजा बजाउने, भजनमन्डली , शिक्षाको संचारबाट कामको संचार चिनाउने कार्यक्रम सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिए ।
उनका अनुसार गडयौला पालनबाट मल उत्पादनमा २२ जना, तरकारी खेतीमा कक्षा ९ देखी कक्षा ११ सम्मका बिद्यार्थी १७ जना, अचार,मस्यौरा र मुरब्बा बनाउनेमा कक्षा ८ का बिद्यार्थी ४५० जना, पन्चेबाजामा एक टोलीमा ११ जना गरी तीन टोलीमा ३३ जना, ६ वटा परियोजनाबाट ४८ जना गरी हाल सम्म ५ सय ७० बिद्यार्थी पढदै कमाउदै कार्यक्रममा सहभागी भएको बिद्यालयका प्रधानाध्यापक लामिछानेले बताए ।

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ अघि सारिएको यो कार्यक्रमले विद्यार्थीमा उत्साह थपिएको प्रधानाध्यापक लामिछानेले बताए ।

‘गडयौला मल उत्पादनमा पढदै कमाउदै कार्यक्रम अन्तर्गत शूरुमा बिद्यार्थीलाई सिकाउदै घरमा कसरी मल उत्पादन गर्ने सो बारे बिद्यालयले तालिम प्रदान गरेको विद्यालयका शिक्षक शिखर चौधरीले बताए । शिक्षक चौधरीका अनुसार गडयौला पालनबाट मल उत्पादनका लागि बनाइएको कार्यविधिअनुसार सुरुमा बिद्यालयले कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरुलाई २ किलोका दरले गडयौला बाडेको र उत्पादन गरिसकेपछि २ किलो गडयौला विद्यालयलाई दिनुपर्ने र त्यसपछिका उत्पादित मलबाट विद्यार्थी आफैंले फाइदा लिन सक्नेछन् । भने तरकारी खेतीबाट उत्पादन भएका तरकारीहरु बिद्यार्थीहरुले घरमा प्रयोग गर्न सक्नेछन भने आवश्कता अनुसार बेच्न सक्नेछन । अहिले पढदै कमाउदै कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरु पढाइसँगै कमाइका लागि पनि मिहिनेत गरिरहेको विद्यालयका शिक्षक चौधरीले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाई अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकामा आ.ब. २०८१ ÷ ८२ मा तीन वटा बिद्यालय छनोट भएको नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए । जसमा शान्ति नमुना मा.बि तिनपा ५, जनता मा.बि तिनपा १३ तिनधुरा, र शंकरनगर दुर्गादत्त मा.बि तिनपा २ रहेका छन । जसको लागी नगरपालिकाले १ ÷१ लाख बजेट छुटयाएको उपसचिव आचार्यले जानकारी दिए ।

यता पढदै कमाउदै कार्यक्रम अन्तर्गत छनोट भएको श्री शंकर नगर दुर्गादत्त माबि तिनपा २ का प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले आफनो बिद्यालय समेत यस कार्यक्रममा सहभागी हुने भएकोले खुसी ब्यक्त गरेका छन । उनले भर्खर बजेट परेकोले यसको तयारीमा बिद्यालय जुटिसकेको बताए । प्रधानाध्यापक पाण्डेका अनुसार प्राचिन कला संस्कृतिको संरक्षण गर्दै बिद्यार्थीहरुलाई बिदाको दिनमा बाजा बजाउने काममा सरिक गराएर पढाइ संगै कमाइ गर्न सक्ने उदेश्यका साथ अहिले बिद्यालयले पंचेबाजाका सामाग्रीहरु समेत किनिसकेको छ । २० जनाको टिम बनाएर एक हप्ता भित्रमा तालिम प्रदान गर्ने प्रधानाध्यापक पाण्डेले बताए ।

तिलोत्तमा नगरपालिकामा ४२ वटा सामुदायिक बिद्यालय रहेका छन जसमा आधारभुत बिद्यालय २१ र माध्यमिक तहको २१ वटा बिद्यालय रहेका छन जसमध्ये धार्मिक २ वटा छन भने कक्षा ११ र १२ संचालित १२ वटा बिद्यालय रहेका छन । जसमा शान्ति नमुना मा.बि तिलोत्तमा ५, जनता मा.बि तिलोत्तमा १३, र श्री शंकरनगर दुर्गादत्त मा.बि तिलोत्तमा २ मा मात्र पढदै कमाउदै कार्यक्रम लागु भएका छन ।

पढ्दै–कमाउँदै गरेका विद्यार्थीहरू अरू युवालाई पनि मेहनत र आत्मनिर्भर बन्न प्रेरित गर्छन्। उनीहरूले पढाइसँगै कमाई पनि गर्ने भएकाले परिवारमा आर्थिक भार कम हुन्छ भने यसले परिवारमा सन्तुलन र सकारात्मक वातावरण बनाउँछ । पढ्दै–कमाउँदै गरेका विद्यार्थीहरूले आफुले सिकेका सीप, अनुभव र ज्ञान अरु साथी भाइहरुलाई सिकाउन सक्ने भएकोले पढदै कमाउदै कार्यक्रम बिद्यार्थीहरुका लागी एकदमै प्रभावकारी भएको अभिभावकहरु बताउछन । यस्तो अभ्यासले समाजमा “हामी पढ्नका लागि गरिब छैनौं” भन्ने सन्देश दिन्छ भने यसले शिक्षा र परिश्रमको महत्व समेत बढाउँछ । अरूले पढ्दै–कमाउँदै गरेका विद्यार्थीहरूबाट सकारात्मक सोच र आत्मविश्वास सिक्न सक्छन्। त्यसैले पढ्दै–कमाउँदै गरेका विद्यार्थीहरू आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको स्रोत हुन ।

प्रकाशित मिति: २०२५-०७-०३ , समय : १४:१२:२२ , ७ घन्टा अगाडि