रोहिणी–२ का वडाअध्यक्ष करम खानद्वारा स्थायी छठ घाट निर्माणको प्रतिबद्धता

रुपन्देही खबर , १३८  पटक हेरिएको

रोहिणी,कार्तिक १

आसन्न छठ पर्वलाई लक्षित गर्दै रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करम खानले बैरीहवा गाउँमा छठ घाटको व्यवस्था मिलाउनु भएको छ । यस वर्षको छठ पर्वमा भक्तजनहरूले गंगामाताको पूजा र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्न सहज रूपमा सकून् भन्ने उद्देश्यले वडाको पहलमा घाटको तयारी गरिएको हो।

वडाअध्यक्ष खानले आगामी वर्षहरूमा वडाभित्रका सबै गाउँहरूमा स्थायी छठ घाट (पूजास्थल) निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभयो, “छठ पर्व हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएको आस्थाको पर्व हो। यसलाई व्यवस्थित र दिगो रूपमा मनाउन प्रत्येक गाउँमा स्थायी घाट निर्माण हाम्रो प्राथमिकता हुनेछ।”

स्थानिय बासिन्दाहरूले पनि वडाअध्यक्ष खानको यो पहलको स्वागत गर्दै छठ पर्वका बेला भक्तजनहरूलाई सहज र सुरक्षित वातावरणमा पूजा अर्चना गर्न पाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-१०-१८ , समय : २०:१२:४८ , ७ घन्टा अगाडि