तुलसीराम पौडेल , २१० पटक हेरिएको

सूर्यपुरा ,असार २१
रुपन्देहीको गैडहवा गाउँपालिका –६ सूर्यपुरा स्थित सूर्यपूरा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा शनिबार सम्पन्न एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष तिलक रिजालको अध्यक्षता तथा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
दोस्रो क्याम्पस सभालाई सम्बोधन गर्नु हुदै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सूर्यपुरा बहुमुखी क्याम्पसलाई अगाडि बढाउन गाउँपालिकाले शुरुदेखी नै सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता गर्नु भएको छ । क्याम्पस संचालक समितिका उपाध्यक्ष रामचन्द्र यादवको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा क्याम्पस प्रमुख कैलाश यादवबले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा गैडहवा गाउँपालिका पूर्व अध्यक्ष बच्चुलाल केवट ,गैडहवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रदीप चौधरी ,वडा नम्बर –५ का अध्यक्ष विजय शर्मा ,क्याम्पस सल्लाहकार सदस्य रामदेव यादव ,सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पस प्रमुख हेम बहादुर थापा ,हसनापुर माविका प्रधानाध्यापक रमेश नाउ र राष्टिय बाणिज्य बैंक सूर्यपुरा शाखाका प्रबन्धक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भने कार्यक्रम संचालन मोर ध्वज सिंहले गर्नुभएको थियोे । कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई आजिवन सदस्यको प्रमाणपत्रहरु वितरण गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०७-०५ , समय : २२:१३:४८ , २ हप्ता अगाडि