रुपन्देही खबर , १९३ पटक हेरिएको

भैरहवा, असार २४
दुर्गा मोडल एकेडेमी सियारी २ चङठा रूपन्देहीले २०८१ सालको एस.ई.ई. परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । एसइई परीक्षामा ए प्लस जिपिए ल्याउन सफल आयुष थारुलाई नगद रु १० हजार रुपैयासहित २० जना बिद्यार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको बिद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरईको अध्यक्षता तथा बिद्यालयका सह प्रधानाध्यापक बिजय कुमार बरईको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच बिद्यालयमा नै बिद्यार्थीहरुलाई सम्मान गरिएको हो । बिद्यार्थीहरुलाई सम्मान गर्दै बिद्यालयका बिद्यालयका सह प्रधानाध्यापक बिजय कुमार बरईले विद्यालयले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका रहने बताउनुभयो । उहाँले विद्यार्थीले महत्वपूर्ण खुड्किलो पार गरेको र आगामी यात्रा पनि सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यस्तै गरी विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरईले एस.ई.ई. परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना दिदै भोलीका दिनमा पनि लगनशील र अनुशासित विद्यार्थी उत्पादन गर्ने लक्ष्य र संकल्पका साथ दुर्गा मोडल एकेडेमी अघि बढेको बताउनुभयो । उहाले जीपीए मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिनुभएको थियो ।
विद्यार्थी आयुष थारुले बोल्दै एसईईको नतिजाप्रति आफू खुसी रहेको बताउनु भएको छ । उहाँले दुर्गा मोडल एकेडेमीेको नतिजा उत्कृष्ट र सकरात्मक रहेको जोड दिदै बिद्यार्थीहरुलाई देश र समाजको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले ‘यो अन्तिम परीक्षा नभएको बताउदै जीवनमा धेरै परीक्षा अझै पनि बाँकी नै रहेकोले लगनशील भएर अध्ययनमा लाग्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा शिक्षक मदन बरई, प्रहलाद बरई, सतिश कोहार, निमा अधिकारी, बिद्यार्थी,बिद्यालयको शिक्षक शिक्षिका लगायत सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०७-०८ , समय : १२:०२:४७ , ७ घन्टा अगाडि