लुम्बिनी शिक्षा निकेतन कक्षा ८ का बिद्यार्थीद्धारा लुम्बिनीमा शैक्षिक भ्रमण

उर्मिला यादव यात्री , २०२  पटक हेरिएको

भैरहवा, साउन १०

लुम्बिनी शिक्षा निकेतन मायादेवी ४ रुपन्देहीले विद्यालयको वार्षिक कार्ययोजना अन्तर्गत  शुक्रवार  कक्षा ८ का विद्यार्थीहरुलाई लुम्बिनीमा शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेको छ । जिल्लामा अवस्थित लुम्बिनी बुद्ध विश्वविद्यालय केन्द्रीय कलेज पुस्तकालय, लुम्बिनी बुद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय , लुम्बिनी संग्रहालयको शैक्षिक भ्रमण गरिएको लुम्बिनी शिक्षा निकेतनका प्राचार्य नामदेव अर्यालले जानकारी दिनु भयो ।

७० जना बिद्यार्थीहरुको सहभागिता रहेको उक्त शैक्षिक भ्रमणको मुख्य उद्देश्य विद्यार्थीहरुलाई नजिकैको विश्वविद्यालयको कार्य प्रणाली, शैक्षिक दायरा, र यस क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराउनु रहेको प्राचार्य अर्यालले बताउनु भयो ।

उहाले विश्वविद्यालय तथा केन्द्रीय कार्यालयको भ्रमणले विद्यार्थीहरुलाई उच्च शिक्षाको अवसर र प्रशासनिक संरचनाको ज्ञान दिलाउनुका साथै संग्रहालयको भ्रमणले बुद्धको जीवन, दर्शन र यस क्षेत्रका बासिन्दाको सांस्कृतिक जीवनशैली बुझ्न सहयोग पुर्याउने बताउनु भएको छ ।
उहाले पुस्तकालयको भ्रमणले पुस्तकालय प्रयोगको तरिका, नियम र अध्ययन तथा अनुसन्धानको महत्व बुझ्न बिद्यार्थीहरुलाई थप सजिलो बनाउने बिश्वास ब्यक्त गर्नु भयो ।

७० जना बिद्यार्थीहरुको सहभागिता रहेको शैक्षिक भ्रमण शिक्षक लेलिन भुर्तेल र कविता पौडेल लम्सालको अगुवाइमा भ्रमण सम्पन्न हो भने
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत कमला गौतम र केन्द्रीय कार्यालयका प्रमुख लक्ष्मण पोखरेलले भ्रमणको सहजीकरण गर्नुभएको थियो।

 

प्रकाशित मिति: २०२५-०७-२६ , समय : २१:२८:३२ , ५ दिन अगाडि