६० औं रक्तसंचार सेवा दिवस भैरहवा बिबिध कार्यक्रम गरी मनाइयो

रक्तदानमा गर्ने ६६ संघसंस्था सम्मानित

रुपन्देही खबर , १०७  पटक हेरिएको

भैरहवा, साउन १३

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीले सोमबार ६० औं रक्तसंचार सेवा दिवसको अवसरमा सम्मान कार्यक्रम २०८२ सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमील्सिनाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी तिमिल्सिनाले सेवाको भावनाले मानवको कल्याणका लागी रक्तदान गर्नुपर्ने बताउनु भएको छ । उहाले समाजमा यस सम्बन्धि चेतना फैलाउन आवश्यक रहेको बताउदै लुम्बिनी प्रदेशमा रहेको रगतको अभावलाई निरुपण गर्न सम्बन्धित निकाय संग पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आवश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू पहले गर्ने बताउनु भयो ।

यस्तै गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका उपसभापति तथा रक्तसंचार सेवा समिति रुपन्देहीका संयोजक सुशील गुरुङले नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिभिन्न आरोह अवरोह पार गर्दै सिमित स्रोत र साधनका साथ नियमित रुपमा मानवीय सेवामा समर्पित हुदै काम गर्दै आइरहेको जानकारी दिनु भएको छ । उहाले रुपन्देहीमा रगतको आवश्यकता र महत्वलाई मध्यनजर गर्दै रेडक्रस रुपन्देहीले बि।स। २०३४ कात्तिक २० गते रक्तसञ्चार सेवा केन्द्र बुटवल र २०५७ फागुन १२ गते रक्तसञ्चार इकाइ भैरहवाको स्थापना गरेको बताउनु भएको छ । उहाले गत आ।ब। २०८१–०८२ मा ४ सय ३८ वटा संघसंस्थाहरुको सहयोगमा ७ सय ७ वटा रक्तदान कार्यक्रम सम्पन्न गरेको बताउदै सो कार्यक्रमबाट ३४ हजार ७२ युनिट रक्त संकलन गरेको जानकारी दिनु भयो ।


उहाले ३७ हजार ९ सय ९३ युनिट रगत आपुर्ती गरेको बताउनु भयो । ४२ वटा बिभिन्न पालिकाहरुसंग निशुल्क रगत प्रदान गर्ने सम्झौता बमोजिम रेडक्रस निरन्तर रुपमा अगाडी बढेको बताउनु भएको छ । उहाले रेडक्रस रुपन्देहीले रक्तसंचार सेवालाई ब्यवस्थित , मितब्ययी, जवाफदेही, पारदर्शी बनाउनका लागी ब्लड बैंक सफटवेयर र मोवाइल एपको थालनी गरेको समेत जानकारी दिनु भयो । रक्त संचार सेवालाई थप प्रभावकारी बनाउन एकीकृत रिपोटिंग सिस्टमका साथ बिरामीलाई पूर्ण रुपमा संक्रमण रहित रगत प्रदान गर्न नयाँ प्रबिधिका साथ अघि बढने योजनाका साथ काम गरेको बताउनु भयो । गुरुङले रुपदेहीमा भएको रक्त संकलन नेपालमैं धेरै संकलन गर्ने जिल्लाको रुपमा प्रथम स्थान हासिल गरेकोले यसले थप हौसला प्रदान गरेको उल्लेख गर्नु भयो । आ.ब.२०८१–०८२ मा संकलित रगत अघिल्लो आ।ब।को तुलनामा २ हजार ३ सय ९३ युनिट बढी भएको जनाइएको छ ।

यस्तै गरी नेपाल स्वयमसेवी रत्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले नेपाल रेडक्रस सोसाईटी रगत संकलनमा चुक्दा रगतको अभाव हुने गरेको बताउनु भएको छ । उहाँले रगतको अभाव हुन नदिनका लागि शहरका साथै ग्रामिण क्षेत्रसम्म पुगेर रगत संकलन गर्नु पर्ने जोड दिनु भयो । उहाँले बिद्यालय तहदेखि ग्रामिणभेगसम्म रक्तदानका बिषयमा सचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
यस्तै गरी रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले राजनीतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैरसरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताउनु भएको छ ।


यस्तै गरी नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेकबहादुर थापाले हाल सोसाइटीबाट विपद ब्यवस्थापन, पारिवारिक पुनस्र्थापना, एम्बुलेन्स सेवा, विश्व रक्तदाता दिवस र रक्तसंचार दिवसमा संस्थागत कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनु भयो । लुम्बिनी प्रदेश सरकारले केही वर्षदेखि प्रदेशका सरकारी अस्पतालहरुमा निःशुल्क रगत प्रदान गर्ने कार्य गर्दै आएकोमा रेडक्रस रुपन्देही शाखाले प्रशंसा गर्दै यो कार्यलाई अझ बिस्तार गरि प्रदेशभरिका सवै सरकारी तथा निजी अस्पतालहरुमा पुर्याउनका लागि माग गरेको छ ।

रक्तसंचार सेवा दिवसमा ६६ संघसंस्था सम्मानित

नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले वर्षभरि एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो भइ १५ हजार रुपैयाँ र सम्मानपत्र तथा नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ ।

 

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनी ९कृष्ण०, रुरु गाउँपालिकाका अध्यक्ष यदुनाथ ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, चन्द्रकोट गाउपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गर्नु भएको थियो । ‘रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं’ भन्ने नारासहित स्थापना भएको रेडक्रस रुपन्देहीले निरन्तर रुपमा सामाजिक योगदानमा अग्रसर रहँदै आएको छ ।

प्रकाशित मिति: २०२५-०७-२९ , समय : ११:५२:४४ , २ दिन अगाडि