रुपन्देही खबर , १७५ पटक हेरिएको

काठमाण्डाै , साउन १६
सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ । ऐनको दफा ५४ को उपदफा–३ मा लाइसेन्स बहाल रहने अवधिबारे उल्लेख छ ।
संशोधित व्यवस्था अनुसार यो अवधि अब १० वर्षको हुने भएको हो । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधिसमेत अब १० वर्ष पुर्याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने उल्लेख छ ।
प्रकाशित मिति: २०२५-०८-०१ , समय : १७:५१:२८ , १५ घन्टा अगाडि