रुपन्देही खबर , ५५ पटक हेरिएको
भैरहवा,असोज ८
लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका बेला काठमाडौंको सुन्धारा कारागारबाट भागेका एक कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ का सन्तोष देवकोटा रहेका छन्। प्रहरीका अनुसार २०८२ भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयमा तोडफोड तथा आगजनी भएपछि देवकोटा सुन्धारा कारागारबाट भागेका थिए।
फरार रहेका देवकोटालाई रुपन्देही प्रहरी मातहतबाट खटिएको प्रहरी टोलीले २०८३ असोज ७ गते सिद्धार्थनगर नगरपालिका–१ बाट नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार देवकोटा सुन्धारा कारागारमा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए। कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।
प्रकाशित मिति: २०२६-०९-२४ , समय : १२:२७:२९ , १ घन्टा अगाडि