तुलसीराम पौडेल , ११६ पटक हेरिएको

फर्साटिकर, श्रावण १८
फर्साटिकर माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमबीच जेहन्दार छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ। विद्यालयले शैक्षिक सत्र २०८२ देखि कक्षा ११ मा विज्ञान विषयको पठनपाठन सुरु गरेसँगै शैक्षिक उन्नयन तथा विद्यार्थी प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो।
कार्यक्रममा सोही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका पूर्वविद्यार्थी डा. नारायण जिसिले आफ्ना सुपुत्र मेघ विक्रम जिसि र दिदी बिज्जु जिसि कार्कीको जन्मदिनको अवसरमा पुजनीय माता मिना कुमारी जिसिको हातबाट दुई जना जेहन्दार विद्यार्थी—सुरक्षा राना र सुदीप यादवलाई पूर्ण छात्रवृत्तिका लागि रु. १,००,००० (एक लाख रुपैयाँ) हस्तान्तरण गर्नुभएको हो।
उक्त कार्यक्रममा डा. नारायण जिसि तथा उनकी धर्मपत्नी डा. तारा जिसिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर घर्तीको अध्यक्षता, शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र शैक्षिक क्षेत्रका व्यक्तित्व शै. अ. स. अध्यक्ष रोमाकान्त अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज पौड्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने समन्वय शिक्षक विष्णु प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रामजी पौडेलले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२५-०८-०३ , समय : २१:२२:१५ , २ दिन अगाडि