रुपन्देही खबर , ४७२ पटक हेरिएको
नवलपरासी
बैशाख ७
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा मंगलबारदेखि पत्रकारहरुका लागी स्थानिय तह निर्वाचन २०७९ निर्वाचन रिर्पाेटिङ र आचारसंहिता विषयक दुई दिने तालिम बर्दघाटमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिका दुग्ध र अण्डामा आत्मनिर्भर भएको बताउनु भएको छ । उहाले बर्दघाट नगरपालिकाले कृषि स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएकोले सो क्षेत्रमा अभुतपुर्ण रुपान्तरण गर्न सफल भएको बताउनु भएको छ । कार्यक्रममा बोल्दै बस्यालले आफुहरु निर्वाचित भएर आएको कार्यपालिकाले बनाएको निति तथा योजना प्रदेश र संघीय सरकारले समेत अपनत्व लिई देशभर कार्यान्वयन गरेको जोड दिनु भयो । उहाले खरको छानो बिस्थापित कार्यक्रम अन्तर्गत बर्दघाट नगरमा चार सय घरको छानो बिस्थापित गर्नुका साथै विद्यालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड, शिक्षामा निशुल्क खाजा कार्यक्रम लागु गरेको समेत बताउनुभयो । यस्तैगरि कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख माया देवी पौडेलले आफु निर्वाचित भएपछि न्यायिक समितीमा आइसक्दा अहिले सम्म २ सय ३५ उजुरी परेको मध्य दुई सय उजुरीको निरुपण गरेको र दुई वटा उजुरी अदालतमा पठाइएको बताउनु भएको छ । नगरले महिला,बालबालिका, अपांग, जेष्ठ नागरिकहरुलाई सहज जिवनयापनका लागी विविध कार्यक्रम सञ्चालन गरेको समेत बताउनुभयो । यस्तैगरि बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले पत्रकारहरु राज्यको चौथो अंग भएको हुदा सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ । उहाले आफु सधै मिडियामैत्री रहेको हुदा पालिकाबाट प्रदान गरिने सम्पुर्ण सुचना तथा विज्ञापन स्थानिय सञ्चारमाध्यम तथा पत्रकारहरुलाई उपलब्ध गराउन आफु सधै कटिबद्ध रहेको बताउनुभयो । महासंघ पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै अघिल्लो निर्वाचनमा पत्रकारहरुलाइ निर्वाचन रिपोर्टिङ सम्बन्धि समस्या लगायत निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने ,कस्तो समाचार लेख्ने ,मतदान स्थलमा कुन अवस्थामा फोटाे खिच्ने लगायत निर्वाचन सम्बन्धि विविध विषयमा जानकारी लिनका लागि तालिमको आयोजना गरिएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व जिल्ला सभापति एवंम सल्लाहकार टिकाराम गैरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी लगायतले मन्तब्य राख्नुभएको थियो
महासंघमा आबद्ध तथा जिल्लाका सञ्चारगृहका पत्रकारहरु गरि तीस जनाको सहभागिता रहेको तालिमको पहिलो दिन निर्वाचनमा कसरी रिर्पोटिङ गर्ने र पत्रकारहरुले निर्वाचनमा गर्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षक वरिष्ठ पत्रकार एवंम नेपाल पत्रकार महासंघका रुपन्देही जिल्लाका पुर्व अध्यक्ष शेर बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो भने प्रशिक्षक नवलपरासीका जिल्ला न्यायधिवक्ता चन्द्र बहादुर सिजांली मगरले अहिले सरकारले लागु गरेको निर्वाचन, पत्रकार आचारसहिता र कानुनी प्रावधानको बारेमा पत्रकाररुलाई प्रशिक्षण दिनुभएको थियो । तालिमको दोस्रो दिन निर्वाचन प्रक्रिया र पत्रकारको भुमिकाका बारेमा नवलपरासीका मुख्य निर्वाचन अधिकृत एवंम जिल्ला न्यायाधीश ध्रुब कुमार शाहले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका जिल्ला उपाध्यक्ष मालती न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सदस्य विकास अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०४-२० , समय : १०:२७:४५ , २ वर्ष अगाडि