रुपन्देही खबर , २०५ पटक हेरिएको

भैरहवा, असोज ८
श्री श्री सार्वजनिक दुर्गा पुजा समिति, मैत्री पथ–५ अखाडा नं. २ ले यस वर्ष डाण्डीया नाईट तथा भव्य भगवती रात्री जागरण कार्यक्रम भव्य रुपमा आयोजना गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै समितिले असोज १४ गते डाण्डीया नाईट र असोज १५ गते रात्री जागरण कार्यक्रम गर्न लागेको श्री श्री सार्वजनिक दुर्गा पुजा समितिका अध्यक्ष रबि जैसवालले जानकारी दिनु भएको छ । दुवै कार्यक्रम मैत्री पथ–५ शिव मन्दिर परिसरमा भैरहवामा साँझ ७ बजेदेखि सुरु हुनेछन् ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रबि जयसवालले “धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै स्थानीय तहमा आपसी भाईचाराको भावना बढाउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । उहाले यो केवल मनोरञ्जन मात्र नभई आस्था र विश्वाससँग जोडिएको महोत्सव भएको उल्लेख गर्नु भयो ।
यस्तै गरि समितिका सचिव बिशाल श्रीवास्तवले “यसपटकको डाण्डीया नाईटमा युवापुस्तालाई आकर्षित गर्ने खालका प्रस्तुति रहने बताउदै, भगवती रात्री जागरणमा भजन, कीर्तन र देवी स्तुतिले वातावरण धार्मिक रंगमा रंगिनेछ” मात्र नभइ भारतिय कलाकारहरुको झाकी सहित बेजोड प्रस्तुति हुने भएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।
यस्तै गरि कार्यक्रम संयोजक दिपेश गुप्ताले “समाजलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत सकारात्मक सन्देश दिनु समितिको मुख्य उद्देश्य भएको बताउदै यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ” बताउनुभयो ।
त्यसैगरी, वरिष्ठ सल्लाहकार दिपक कसौशलले “समाजलाई एकताबद्ध बनाउन र संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रम अपरिहार्य भएकोले यसले नयाँ पुस्तामा धार्मिक र सांस्कृतिक चेतना जगाउनेछ” भन्नुभयो । पत्रकार सम्मेलनमा सिनपा ५ का कार्यबाहक वडाध्यक्ष किरण देवी सुनारले यस कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर ५ को पुर्ण सहयोग हुने प्रतिबद्धता गर्नु भएको छ । समितिले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूको उपस्थितिका लागि आह्वान गरेको छ ।
प्रकाशित मिति: २०२५-०९-२४ , समय : ०८:५६:३३ , ४ दिन अगाडि