बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

रुपन्देही खबर , २५०  पटक हेरिएको

तस्वीर : रासस

काठमाण्डौ,असोज २०

शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना बेपत्ता छन् ।

प्रकाशित मिति: २०२५-१०-०६ , समय : १४:५८:२७ , १ महिना अगाडि