गोपाल सेवा समितीको भवन निमार्णका लागी एक कठठा जग्गा दिने रुपन्देही क्षेत्र नम्बर ४ का सांसद यादवको घोषणा

उर्मिला यादव यात्री , १६७३  पटक हेरिएको

भैरहवा, भदौ ४

रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादवले गोपाल सेवा समिती सियारी रुपन्देहीको भवन निमार्णका लागी एक कठठा जग्गा दिने घोषणा गर्नु भएको छ । गोपाल सेवा समिती सियारी रुपन्देहीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार गरेको रक्तदान ,सम्मान तथा बिरहा मुकाबला कार्यक्रममा सांसद यादवले सो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको सांसद यादवले हामीले हरेक जातिको धर्म संस्कृतिलाई सम्मान गर्दै आ आफनो धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ ।


यस्तै गरी कार्यक्रममा बोल्दै शिक्षामन्त्री बसिउद्धिन खांले गोपाल सेवा समितीको आफनै भवन नभएको गुनासो गर्दै गोपाल सेवा समितीको सांस्कृतिक भवन निमार्ण गर्नका लागी प्रदेश सरकारबाट ५१ लाख रुपैया बजेट दिने घोषणा गर्नु भएको छ । खांले हरेक समुदायको आफनो धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने हरेक नागरीकको अधिकार भएकोले गोपाल सेवा समिती सियारीले गरेको कामको प्रशंसा समेत गर्नु भएको थियो ।

यस्तै गरी कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री सहर्षराम यादवले गोपाल सेवा समितीले कृष्ण जन्माष्टमीको अवसरमा यो कार्यक्रम गर्नुको मुख्य उदेश्य नै आफनो धर्म संस्कृती संरक्षण गर्नु रहेको बताउनु भएको छ । मन्त्री यादवले नेपालको इतिहास नै सबैभन्दा पहिला नै गोपालवंशी राजा भएको र यो हाम्रो समुदायको पहिचान संस्कृति भएको बताउनु भएको छ । उहाले कार्यक्रममा बोल्दै आफनो धर्म संस्कृति संरक्षण गर्नका लागी एक उदेश्यका साथ एकजुट भएर अघि बढनुपर्नेमा जोड दिदै यहि उदेश्यका साथ गोपाल सेवा समिती कार्य गर्दै आएको बताउनु भएको छ । मन्त्री यादवले फरक प्रसंगमा बोल्दै लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको मर्चवारको क्षेत्रमा भएको बिकासको आफै मुल्याकंन गर्नुपर्नेमा जोड दिनु भएको छ । नवलपरासी, रुपन्देही, कपिलबस्तु जिल्लामा भएका बिकास निमार्णको कार्यले हामी आफै मुल्याकंन गर्न सक्छौ मन्त्री यादवले भन्नु भयो ।

कार्यक्रममा पुर्व कृषिराज्य मन्त्री ओमप्रकाश यादव गुल्जारी , रोहिणी गाउपालिका प्रमुख बिद्या यादव, सिनपा ४ का वडा अध्यक्ष भोला यादव लगायतले शुभकामना मन्तब्य राख्दै आ आफनो धर्म संस्कृतिको संरक्षण गर्नूपर्नेमा जोड दिनु भएको थियो । सियारी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष जर्नादन यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा ओमसतिया गाउपालिका प्रमुख मन्जित कुमार यादव , गोपाल सेवा समितीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भारथरी यादव, शुभलक्ष्मी आयल सप्लायर्सका प्रोप्राइटर मनोज यादव , जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादव लगायत स्थानिय तथा भक्तजनहरुको सहभागिता रहेको थियो । भने गोपाल सेवा समितीका जिल्ला सल्लाहकार प्रमोद यादवले कार्यक्रम संचालन गर्नु भएको थियो । भने कार्यक्रममा सुपरस्टार बिरहा गायक हरकेश यादव र बिरहा गायक सुनिता यादवले बिरहा गीत मार्फत हाम्रो समाजमा रहेका बिकृति बिसंगतिहरुको पर्दाफास गर्दै मनोरन्जन प्रदान गर्नु भएको थियो ।


यस्तै गरी गोपाल सेवा समिती सियारी रुपन्देहीले कृष्ण जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । गोपाल सेवा समिती सियारी रुपन्देहीका अध्यक्ष केशव यादवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २५ पोइन्ट रगत संकलन गरीएको छ । संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीलाई प्रदान गरीएको अध्यक्ष यादवले बताउनु भएको छ । रुपन्देहीको सियारी २ मा भएको कार्यक्रममा २५ जनाले
रक्तदान गरेका थिए ।

प्रकाशित मिति: २०२२-०८-२० , समय : २३:४२:१७ , २ वर्ष अगाडि