रुपन्देही खबर , ९७ पटक हेरिएको

काठमाण्डौ,असोज २६
जेन–जी नेपालले नेपाल वायु सेवा निगममा भएको अनियममितता छानबिन गर्न माग गरेको छ । जेन–जी समूहले आज वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर छानबिनको माग गरेको हो ।
जेन–जी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरूको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहका लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो । साथै करार कर्मचारीहरूकाे सङ्ख्या कटौती गर्नुपर्ने माग राखेको उहाँले बताउनुभयाे ।
निगमले नागरिकको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेन–जी समूहको माग छ । आफूहरूको माग पूरा नभए सबैले स्वेच्छिक राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीकाे भनाइ छ । जेन–जी सँगको भेटमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले २०४६ सालपछि निगममा चरम राजनीतिक हस्तक्षेप भएको स्वीकार गर्नुभएको छ ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : २२:२१:५१ , २४ घन्टा अगाडि