सुनको भाउ अहिलेसम्मकै उच्च

रुपन्देही खबर , ८६  पटक हेरिएको

काठमाण्डौ,असोज २९
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार तीन सय २५ रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-१०-१५ , समय : १६:३५:३७ , ४ घन्टा अगाडि