रुपन्देही खबर , ५५ पटक हेरिएको

काठमाण्डाै,असोज ३१
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ गएको २७ गते सोमवारदेखि लगातार बढिरहेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: २०२५-१०-१७ , समय : १९:२३:५७ , ४ घन्टा अगाडि