आज सुनको भाउ स्थिर,चाँदीको भाउ १५ रुपैयाँले बढ्यो

रुपन्देही खबर , ८८  पटक हेरिएको

काठमाण्डौ,कार्तिक १३

आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहार विदापछि सुनको भाउ लगातार घट्दै आएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-१०-३० , समय : १४:२३:४३ , ६ घन्टा अगाडि