उर्मिला यादव यात्री , २३२ पटक हेरिएको
भैरहवा, कार्तिक २५
महिला शिक्षक तथा महिला प्रधानाध्यापकको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशले तीन दिने कस्टमाइज्ड तालिम भैरहवामा सुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको समन्वयमा युनिसेफ नेपाल र एजुकेशनल पेजेजको प्रविधिक सहयोगमा कार्तिक २३ गतेदेखि २५ गतेसम्म आयोजित तालिममा ५६ महिला सहभागी भएका छन्।

एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले महिला प्रधानाध्यापकहरुको क्षमता बिकास सम्बन्धी आयोजित तीन दिने तालिमले महिला नेतृत्व सुदृढीकरण विद्यालयको गुणस्तर सुधारसँग जोडिने बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशका ४ वटा जिल्लाको ९ वटा पालिकाबाट ५६ जना महिला प्रधानाध्यापक र माध्यमिक तहका शिक्षक जुन निकट भबिष्यमै प्रधानाध्यापक हुनका लागी तयारी अवस्थामा रहेका महिलाहरुको लागी यो तालिम आयोजना गरिएको बताउनु भयो । उहाले महिलाहरुको क्षमता बिकास र उनीहरुले काम गर्दै जादा परेका अप्ठयाराहरुको समाधानका साथै ज्ञान र सीप दिनका लागी तालिमको आयोजना गरिएको बताउनु भएको छ ।

लैंगिकता, समावेशितामा जोड दिदै समुदायमा महिलाको भुमिका फरक भएकोले सिमान्तकृत समुदाय , अपांगता भएका बालबालिका, दलित, मुस्लिम समुदायका बालबालिककाहरुलाई शिक्षामा ल्याउनका लागी अग्रणी भुमिका निर्वाह गर्नका लागी पनि तालिम आयोजना गरिएको उल्लेख गर्नु भयो । उहाले “महिला नेतृत्व सबल हुँदा विद्यालयमा निर्णय प्रक्रिया सहज र परिणाममुखी बन्ने भएकाले सहभागीको आवश्यकताअनुसार तालिम कस्टमाइज्ड गरिएको बताउनु भयो ।

यस्तै गरी शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारीले तालिमले व्यवहारिक नेतृत्व अभ्यासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । “प्रधानाध्यापक र शिक्षक दुवै भूमिकामा महिलाको उपस्थिति बढ्दै गएको उहाले बताउदै तालिमले उनीहरूको कार्यकुशलता, योजनागत सोच र नेतृत्वगत आत्मविश्वास थप मजबुत बताउनु भयो । सामुदायिक बिद्यालयमा अध्यापन गराउने महिला प्रधानाध्यापकहरु ३१ जना र मा.बि. तहका स्थायी २५ जना महिला शिक्षकहरुलाई तीन दिनका लागी नेतृत्व बिकास प्रदान गरिएको बताउनु भएको छ ।
तालिममा हभागी श्री सरस्वती आधाभुत बिद्यालय शिवराज नगरपालिका वडा नम्बर १ शिवपुर कपिलबस्तुको प्रधानाध्यापक शान्ति कुमारी केसीले तालिमबाट अति नै महत्वपुर्ण र शैक्षिक क्षेत्र लगायत विद्यालय व्यवस्थापनका नयाँ दृष्टिकोण पाउन मद्दत गरेको बताउनु भयो । उहाले “कक्षाभित्र र विद्यालय व्यवस्थापनमा नेतृत्व कसरी प्रभावकारी बनाउने भन्नेबारे धेरै उपयोगी सिकाइ सिक्नुका साथै व्यावहारिक उदाहरणले बुझाइ अझ सजिलो बनाएको उल्लेख गर्नु भयो । उहाले तालिमबाट सिकेका कुराहरु बिद्यालयमा लागु गर्ने गरी सफल प्रधानाध्यापकको रुपमा बिद्यालयलाई अगाडी बढाउने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी श्री महालक्ष्मी आधारभुत बिद्यालय शुद्धोधन ६ को प्रधानाध्यापक तेजकुमारी पन्थीले तालिम महिलाका लागि आत्मविश्वास बढाउने अवसर भएको बताउनु भएको छ । उहाले शिक्षकका लागि यस्तो तालिम निकै प्रभावकारी भएको बताउदै सिकाइ वातावरण सुधार्न आवश्यक सीप थपिएको उल्लेख गर्नु भयो । उहाले बिद्यालयका प्रधानाध्यापकका लागी तालिम संचालन गरिए जस्तै आगामी दिनमा अभिभावक शिक्षा सम्बन्धी तालिमहरु आवश्यक भएको जोड दिनु भयो । उहाले यो तालिम एकदमै प्रभावकारी भएकोले यस्ता तालिम शिक्षक र बिद्यालयका लागी अति नै आवश्यक भएको उल्लेख गर्नु भयो ।

तीन दिन चल्ने तालिममा विद्यालय नेतृत्व, शैक्षिक योजना निर्माण, समन्वय क्षमता, सिकाइ वातावरण सुदृढीकरण र व्यवहारिक नेतृत्व विकास, निर्णय प्रक्रिया सम्बन्धी विषय समेटिएका छन्।
प्रकाशित मिति: २०२५-११-११ , समय : १०:५९:४३ , २ दिन अगाडि