रुपन्देही खबर , ७६ पटक हेरिएको
लुम्बिनी,मंसिर १
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायकाे आयोजनामा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिताकाे उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ । २४ विद्यालय सहभागी भएको प्रतियाेगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
बुटवलको न्यू हाेराईजनले द्वितीय हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै बुटवलकाे ग्रार्गी एकेडेमीले तृतीय स्थान प्राप्त गरेकाे छ । त्यस्तै लुम्बिनी शिक्षा निकेतनले सान्वत्वना स्थान प्राप्त गर्याे । तृतीय र सान्त्वना स्थान प्राप्त विद्यालयले क्रमश १० र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजेता टिमलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यबाहक मेयर कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिस्ट्रार प्रा.डा. गितु गिरी, डिन डा माणिकरत्न शाक्यले पुरस्कार प्रदान गरे । बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्धेश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हाे ।
प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू साेधिएकाे बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयाे ।
विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयाेजना गरेकाे हाे । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयले मंसिर १४ गते २० ओ वार्षिकोत्सब साताव्यापी कार्यक्रम गरि मनाउँदै छ ।
प्रकाशित मिति: २०२५-११-१७ , समय : ११:२५:१५ , ३ घन्टा अगाडि