पर्बत रुपन्देही सेवा समाज केन्द्रीय समितिद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

mamta bc , २८५  पटक हेरिएको

बुटवल, भदौ ६

पर्बत रुपन्देही सेवा समाज केन्द्रीय समितिले तिलोत्तमा नगरपालिकाको बनबाटिकामा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा ९२ बर्षिय समाजकै जेष्ठ सदस्य धनी बस्याल रहनुभएका थियो ।भने कार्यक्रमको अध्यक्षको रुपमा सम्बोधन गर्दै समाजका केन्द्रीय समिति अध्यक्ष रामकृष्ण शर्माले तीज पर्वको उपलक्ष्यमा सम्पुर्ण महिला दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

हिजो आफ्ना पिडाहरु पोख्ने माध्यम बनेको तीज पर्वलाई अहिले दिनहुँ भइरहेका महिला हत्याहिंसाको बिरुद्ध शासकहरुलाई खबरदारी गर्ने माध्यम बन्नुपर्ने बताउनुभएको छ ।

 

यस अघि उक्त कार्यक्रम सम्पन्न गर्न बुटवल नगर अध्यक्ष तथा केन्द्रीय सदस्य उषा प्रधानको संयोजकत्वमा उप समिति समेत गठन गरिएको थियोे । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पराजुली , पर्बत नवलपरासी सम्पर्क समाज अध्यक्ष टेक बहादुर ,समाजका सल्लाहकार तथा पुर्ब कोषाध्यक्ष किशोर सेन्चुरी , समाजको वडा समिति अध्यक्ष कृष्ण प्रसाद उपाध्याय ,विद्यार्थी प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

 

त्यस्तै समाजका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रम संचालन महासचिव टेकराज शर्माले गर्नुभएको थियोे ।उक्त कार्यक्रम सप्पन्न गर्न बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका थिए ।रुपन्देही जिल्ला भरिवाट उल्लेख्य रुपमा महिला दिदिबहिनीहरुको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति: २०२२-०८-२२ , समय : २३:२७:५२ , २ वर्ष अगाडि