रुपन्देही खबर , १७९ पटक हेरिएको
भैरहवा,मंसिर ४
विश्व वालदिवस अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र अमेरिकन कर्नर भैरहवाले सयूक्तरुपमा बालबालिकाहरुलाई लक्षित गरेर बाल अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विहिवार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा “मेरो दिन, मेरो अधिकारत” भन्ने मुख्य नाराका साथ शुरुभएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा बालवालिकाहरुको सहभागिता रहेको संघको सुचना शाखले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँनले स्थानीय सरकार वालवालिकाको पक्षमा काम गरिरहेको भन्दै विद्यालय तहमा बालअधिकारकाको सुनिश्चिताको ग्यारिन्टी गरेको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई अधिकार प्रदान गर्दै सकारात्मक सोचको विकासका लागि सवैसंग सहकार्य गरेर अगाडी बढ्ने मार्गमा सिद्धार्थनगर नगरपालिका अगाडी बढेको बताउनुभयो । अध्ययन गरेर विदेश जाने होईन नेपालको विकासमा लाग्न नगरप्रमुख खानले आग्रह गनुभयो ।
कार्यक्रममा अमेरिकन कर्नर भैरहवाका संस्थापक सदस्य तथा वरिष्ठ पत्रकार दिलिप भट्टराईले संयुक्त राष्ट्र संघले चार अधिकारको सुनिश्चिता गरेको बताउनुभयो । बालबालिकालाई बाँच्न पाउने अधिकार, विकासमा पाउने अधिकार, सुरक्षा पाउने अधिकार, सहभागिता पाउने अधिकार रहेको अमेरिकन कर्नर भैरहवाका संस्थापक सदस्य तथा वरिष्ठ पत्रकार भट्टराईले जानकारी दिनुभयो । उहाँले बालबालिकाले पाउने अधिकारका लागि सचेत हुनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई कुनै पनि कार्यक्रममा दुरुपयोग गर्न नहुने भन्दै यस्तो हुनु बालवालिकाको अधिकार विरुद्ध हुनुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय बालश्रम बढ्दो रहेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने उहाँको भनाई रहेको थियो ।
अहिलेको बालबालिका सामाजिक सञ्जाल तथा इमेल इन्टरनेटको प्रयोगबाट संसारको अध्ययन तथा अवलोकन गरेको भन्दै उहाँले बालबालिकाहरुलाई त्यस्ता विषयवस्तुबाट टाढा गर्न नसकिने बताउनुभयो । नेपालमा भएको जेएनजी आन्दोलन भष्ट्रचारका विरुद्ध भएको भन्दै त्यो आन्दोलनमा घुसपैठ हुदाँ नयाँ पुस्ताले चाहेजस्तो परिवर्तन नभएकोमा दुःख व्यक्त गर्नुभयो ।
संस्थाले गरेको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बालबालिका देशका लागि कर्णधार भएको बताउनुभयो । उहाँले बालवालिकाका अधिकारका लागि सवैपक्षले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अहिले बालबालिकाहरु जेएनजी आन्दोलनमा उठाएका मागहरु जायज भएको तर तोडफोड र राज्यका सम्पतीमा भएको क्षती गतल भएको बताउनुभयो । यस्ता गतल क्रियाक्लावमा नलाग्न आग्रह गर्दै अध्यक्ष आचार्यले सकारात्मक सोचका साथ आफ्ना माग राख्नका लागि आग्रह गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिलिप कान्दुले बालअधिकार राज्यको दायित्व भएको भन्दै उपस्थित सवैलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
काशी नोवल एकेडमीमा कक्षा १२ मा अध्ययन गर्ने रुबि क्षेत्रीले आफ्नो अधिकार आफैले खोज्नुपर्ने बताउनुभयो । राज्यले बालबालिकाको सवै अधिकारलाई व्यवहारमा पनि लागुगर्नुपर्ने भन्दै क्षेत्रीले घरपरिवार देखि विद्यालय सम्म बालवालिका स्वतन्त्र हुनपाउनुपर्ने माग राख्नुभयो ।
जेएनजी पुस्ताकी विद्यार्थी नेन्सी गिरी युवाहरु सकारात्मक सोचबाट देश विकासमा लाग्न आग्रह गर्दै आजको कार्यक्रमबाट बालअधिकारको विषयमा धेरै जानकारी प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्मा, संघका वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे, संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता शिबप्रसाद गौडेल, कार्यकारी सचिव कमला बस्नेत, कार्यकारी उपसचिव खगेन्द्र शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका सुचना अधिकृत तथा अमेरिकन कर्नर भैरहवाको कोडिनेटर ज्योति पाण्डे, काशी नोवल एकेडमीका प्राचार्य राजेन्द्र घिमिरे, एकेडमीका शिक्षक दिपक काफ्ले, निर्मल हुमागाई, फोटो पत्रकार सचिन तुलाधर र जेएनजी पुस्ताका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-११-२० , समय : २२:१५:३४ , ३ महिना अगाडि