रुपन्देही खबर , २२९ पटक हेरिएको
मणिग्राम, मंसिर १४
काठमाण्डौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइटेलले देश–विदेशमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि आफ्नो विश्वविद्यालयका कार्यक्रम सशक्त रहिआएको बताउनुभएको छ । रूपन्देहीको मणिग्रामस्थित काठमाण्डौ विश्वविद्यालयको रेडियण्ट कलेजमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डीन प्रा. लुइटेलले सो जानकारी दिनुभएको हो ।
सोही कार्यक्रममा बोल्दै काठमाण्डौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका म्यानेजर शिवनाथ मैनालीले रेडियण्ट कलेजका विद्यार्थीले पढ्ने र कमाउने काम एकसाथ अघि बढाएकोमा खुशी व्यक्त गर्नुृभयो ।
भारतको महाराणा प्रताप इन्स्टिच्यूट अफ टेक्नोलोजी, गोरखपुरका डा. धर्मेन्द्रकुमार, दीनदयाल विश्वविद्यालय गोरखपुरका डा. ओपी उपाध्याय, भारतकै एस.बी.एम. पब्लिक स्कूलका संस्थापक अवधेश मिश्रा लगायतले काठमाण्डौं विश्वविद्यालयले स्नातक तहका कार्यक्रमका लागि रूपन्देही जिल्लामा रेडियण्ट कलेज स्थापना गरी गुणस्तरीय प्रतिस्पर्धामा योगदान दिएको बताए ।
कलेजका अध्यक्ष आलोक कुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा “बी.टेक एजुकेशन आई.टी. एण्ड बी.आई.टी.” कार्यक्रमका विद्यार्थीले साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । कलेजका सहायक प्राध्यापक तीर्थराज गौतमको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रिन्सिपल इञ्जिनियर अनन्त पाण्डेले सूचना प्रविधि र शिक्षाशास्त्र दुवैतर्फको योग्यता हुनेगरी “पढ्दै, काम गर्दै”को अवसरले सबै विद्यार्थीलाई सीट पुर्याउन नसकिएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २०२५-११-३० , समय : १८:४५:४३ , २ महिना अगाडि