सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो

रुपन्देही खबर , १८  पटक हेरिएको

काठमाण्डौ, मंसिर १५

सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार चार सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-१२-०१ , समय : १२:०८:३४ , १ घन्टा अगाडि