रुपन्देही खबर , ४९ पटक हेरिएको
मणिग्राम मंसिर १५
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि लोक सेवा आयोग तयारीमा स्वव्यवस्थापन र वृत्ति विकाश कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ । विद्यार्थी परामर्श तथा रोजगार व्यवस्थापन एकाईको आयोजनामा भएको कार्यक्रममा स्नातक तहका बी.ए., बी.एड.र बी.बी.एस. का १६७ जना इच्छुक विद्यार्थी सहभागी भएका उपप्राध्यापक केशरचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
एकाईका संयोजक भिमलाल घिमिरेको अध्यक्षता तथा सदस्य नम्रता पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको वृत्ति विकाशमा क्याम्पसले विभिन्न कार्यक्रम गर्ने गरेको बताउनुभयो । सो अवसरमा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी र बुटवल संयोजक दीपक ढकालले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, दुई दिने शिक्षण अध्यापन अनुमति पत्र सम्बन्धी दुई तालिम पनि क्याम्पसमा सम्पन्न भएको छ । शिक्षा तथा समाजशास्त्र विभागका प्रमुख मधुसुदन खनालको अध्यक्षतामा आयोजित कार्यक्रमबीच पूर्व सह–सचिव थानेश्वर ज्ञवाली र लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयका उप–सचिव हरिप्रसाद अर्यालले प्रशिक्षण दिनुभएको थियो ।
शिक्षण पेशामा प्रवेश गर्न इच्छुक विद्यार्थीेका लागि आयोजिता तालिममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले अध्ययनसँगै विद्यार्थीको वृत्ति विकाशका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
प्रकाशित मिति: २०२५-१२-०१ , समय : १२:१९:१९ , १ घन्टा अगाडि