भौतिक पूर्वधार विकास मन्त्री यादवद्धारा एकै दिन तीन वटा आयोजनाको शिलान्यास र एकको उद्घाटन

धनी राम कोरी , ४४५  पटक हेरिएको

कपिलवस्तु , भदौ १०

लुम्बिनी प्रदेशको भौति पूर्वधार विकास मन्त्री सहसराम यादवले चार वटा बिकास आयोजनाको शिलान्यास तथा उद्घाटन गर्नु भएको छ। मन्त्री यादवले कपिलवस्तु जिल्लामा निर्माण हुने दुई वटा सड्क र एउटा पुलको शिलान्यास गर्नु भएको छ भने निर्माण सम्पन्न एउटा पुलको उद्घाटन समेत गर्नु भएको छ ।

उहाले जिल्लाको शुद्धोधन गाँउपालिका वडा नम्बर ६ मा बिमिहा-सोहसा सड्क आयोजना , मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका जोड्ने चाकलचौडा -पचेहरा सड्कखण्ड, शुद्धोधन गाउँपालिका वडा नम्बर ५ दोहनी-लोधडिहा सड्क खण्ड स्थित लोधडी ईस्ट बक्स कल्भर्ट निर्माणको शिलान्यास गर्नु भएको सडक पूर्वाधार कार्यालय कपिलवस्तुका प्रमुख इन्जिनियर हितेन्द्र रायमाझीले जानकारी दिनु भएको छ ।

 


त्यसैगारि यादवले निर्माण सम्पन्न भएको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित निगाली तिलौराकोट सड्कखण्डको रामजकिय खोला पुलको उद्घाटन गरेको प्रमुख रायमाझीले बताउनु भएको छ । शिलन्यास भएको असल्ट प्रबिधिको बिमिहा-सोहसा सड्क लम्बई ५ हजार ६ सय ९१ मिटर छ । अनुमानित १० करोड ९६ लाख ४८ हजार बढि रकममा निर्माण सम्पन्न हुने सो आयोजनाको सम्झौता २०७९ असार १४ मा गरिएको र १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सो सडकको ठेक्कका श्री एसियाटिक -रिजाल जे.भि.रुपन्देहीले मुल्य आय कर सहित ९ करोड ७७ लाख ९९ हजार ३ सय २७ रुपैयाँ ७ पैसामा लिएको छ ।

 


त्यसैगरि डिभिएसटी प्रविधिमा निर्माण हुने चाकलचौडा,दोहनी -पचेहरा सड्कखण्डको लम्बई ३ हजार ७ सय मिटर छ । अनुमानित ५ करोड ८४ लाख ९ हजार बढि रकममा निर्माण सम्पन्न हुने सो आयोजनाको सम्झौतमा २०७९ असार ६ मा गारिएको र १२ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 

सो सड्कको ठेक्का श्री वटाजु -एशियाली जे.भि. रुपन्देहीले मुअ कर सहित ५ करोड ३१ लाख ६७ हजार ८ सय ९ रुपैयाँ५ पैसामा लिएको छ । मन्त्री यादवले शिलान्यास गरेको लोधडिह बक्स कल्भर्टको लम्बई १६ दशमलव ५ मिटर रहेको छ । अनुमानित २ करोड ९ लाख २५ हजार बढि रकममा निर्माण सम्पन्न हुने सो बक्स कल्भर्टको सम्झौता २०७९ असार ७ मा गरिएको र १२ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 

सो कल्भर्टको ठेक्का श्री श्रीराम निर्माण सेवा कपिलवस्तुले मुअ.कर सहिंत १ करोड ९७ लाख ७६ हजार ७ सय ६ रुपैया ६४ पैसामा लिएको प्रमुख रायमाझीले बताउनु भएको छ । उद्घाटन गरिएको रामजकिया खोलाको पुलको लम्बई २५ मिटर रहेको छ । मुअब्जा कर सहित ३ करोड २८ लाख ३६ हजार ४ सय २६ रुपैयाँ २ पैसामा निर्माण व्यवसायी कम्पनी श्री एशियाटिक -हिमाल जे.भि नुवाकोट ६ अर्घाखाँचीले सो पुलको निर्माण सम्पन्न गरेको हो । २०७७ जेठ ३२ गते सम्झौता भएको सो आयोजनाको निर्माण कार्य २०७८ मंसिर २९ गते पुरा भएको हो ।

 

शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा शिलान्यास गरिएको सड्क र पुलको आयोजनाको कार्यक्रममा मन्त्री यादव संगै भौतिक पूर्वाधार बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठ , सड्क पूर्वाधार कार्यालय कपिलवस्तुका प्रमुख हितेन्द्र रायमाझी, शुद्धोधन गाउँपालिकाका गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी , मायादेवी गाउँपालिकाका गाउँपालिका अध्यक्ष वलिउद्दन मुसलमान ,शुद्धोधन गाउँपालिका निर्वतमान अध्यक्ष निसार अहमद खाँ , मायादेवी गाउँपालिका निर्वतमान अध्यक्ष बजरंगी कुर्मी र सम्बन्धित वडाका अध्यक्ष सहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

 

जिल्लामा विकास निर्माण कार्य अगाडी बढाउन आफुले पर्याप्त बजेट बिनियोजन गराउन सकेको मन्त्री यादवले दावी गर्नु भएको छ । जिल्लामा भौतिक पूर्वाधारका क्षेत्र संगै शिक्षा , स्वास्थ्य र सामाजिक विकासका लागी समेत बजेट बिनियोजन गराउन आफु सफल भएको उहाको भनाइ छ ।

 

जिल्लाको विकासका लागी आएको बजेट गुणस्तरीय कार्य होस भन्ने विषयमा सजग रहन उहाले आम जनसमुदायलाई आग्रह गर्नु भएको छ । पुर्वाधार विकासले नागरिकको सर्वोपरि विकासलाई सहयोग पुर्‍याउने भएकोले स्थानियले विकासको कार्यमा सहयोग गरेर साझेदार बन्नु पर्ने भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठले बताउनु भएको छ ।

 

समयमै गुणस्तरीय र मन्त्रालय अन्तर्गतका निकायले ध्यान दिनुपर्ने उहाको भनाई थियो । कार्यक्रमको संचालन हिमा बेलबासेले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०८-२६ , समय : १६:४६:३१ , २ वर्ष अगाडि