कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु

प्रिन्स मिश्रा , ७७०  पटक हेरिएको

कपिलबस्तु, भदौ १०

कपिलबस्तुमा अज्ञात समुहले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोलि लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीको भनाइ छ ।

 

गोली कसले र के का लागि चलायो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको र गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । मृतक पासी एक कृषक भएको बुझिएको छ ।

प्रकाशित मिति: २०२२-०८-२६ , समय : १७:४२:४७ , २ वर्ष अगाडि