कञ्चन जेसिजले तिज गीत प्रतियोगिता गर्ने

प्रिया अधिकारी , ३२१  पटक हेरिएको

कञ्चन , भदौ ११

रुपन्देहीको कञ्चन गाउँपालिकामा कञ्चन जेसिज ले महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा तिजगीत प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

 

कञ्चन जेसिजले भदौ १४ गते तिजको दिन कञ्चन गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको कञ्चन जेसिजका अध्यक्ष राजन शर्माले बताउनु भयो ।

 

कञ्चन जेसिजले आयोजना गर्ने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहने छ जसमा गायिका कल्पना पाण्डे कुसुम , गायिका रितु थापा, गायक तथा हास्य कलाकार सिरिधर अधिकारी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

 

कार्यक्रममा सहभागी टिमलाई निशुल्क आफ्नो प्रस्तुति राख्न दिने र मेला हेर्न आउने र पार्किङको समेत कुनै शुल्क नलाग्ने शर्माले बताउनु भयो तिज गित प्रतियोगिता कञ्चन २ गजेडी प्रहरी चौकी नजिकै रहेको फुटबल ग्राउन्डमा हुने आयोजकले बताएको छ।

 

तिज गित प्रतियोगिता आयोजना गर्नु मुख्य उदेश्य पुराना लोप हुँदै गएका गीतसंगीतलाइ सबैले संरक्षण गर्नु पर्ने भन्दै कला साहित्य र गीत संगीत लाई कञ्चन जेसिज संरक्षण गर्न अग्रसर रहेको बताइएको छ ।

कञ्चन भित्र रहेका सम्पूर्ण आमा समुह क्लबलाई १२ गते देखि नै दर्ता शुरु भएको जानकारी गराउदै निशुल्क दर्ता गरि आफ्नो कलागला देखाउन र भरपुर मनोरञ्जन लिन र कञ्चनका १ देखि ५ वाडसम्मका छिमेकी पालिकालाइ समेत निमन्त्रणा गरिएको छ।

कार्यक्रमको अवधिभर सामुदायिक रेडियो कञ्चनले ब्यबस्थापन संगै लाइभ प्रशारण गर्नेछ साथै कञ्चन जेसिज अध्यक्ष राजन पौडेलले यो कार्यक्रममा आफूहरु आयोजकको रूपमा रहेता पनि सञ्चारकर्मि सुरक्षा निकाय, बुद्धिजीवी सबैको सहयोगले मात्रै कार्यक्रम सम्पन्न हुने भएकोले सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

 

आयोजकले तिज गित प्रतियोगितामा आउदा एउटा बिषय दिएको छ जुन कला र संस्कृतिको जगेर्ना यो शिर्षकमा रहेर सहभागीले गीत गाउनु पर्ने छ । कार्यक्रममा केही नियम समेत पालन गर्नुपर्ने बताइएको छ ।

एक समुहमा गायन र नृत्य गरि बढीमा ८ जना सहभागि हुन पाईने ,गीतको समय थोरैमा ३ मिनेट देखी धेरैमा ५ मिनेट सम्मको हुनु पर्ने ,गीत मौलिक एवम तिजको भाकामा हुनुपर्ने, गितको मौलिकता, पोशाक, प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गरिने ,सहभागिताको लागि कञ्चन गाउपालिका भित्रकै हुनुपर्ने, निर्णायकको निर्णय नै अन्तिम निर्णय हुने कञ्चन जेसिजले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२२-०८-२७ , समय : १०:३३:१३ , २ वर्ष अगाडि