जय महाकाल युवा समूह सैनामैना नगर उपशाखा द्वारा सरसफाइ कार्यक्रम सम्पन्न 

धनी राम काेरी , ३१०  पटक हेरिएको

रुपन्देही, भदौ ११

जिल्लाकाे सैनामैना नगरपालिका वडा नं ३ मुर्गिया मा स्थित दुर्गा भवानीकाे मन्दिरमा जय महाकाल युवा समुह सैनामैना नगर उपशाखाले सरसफाइ कार्यक्रम गरेको छ ।

आज कुशे औसी ( बुबाको मुख हेर्ने दिन ) काे अवसरमा मन्दिरभित्र सरसफाइ गरिएको छ । जय महाकाल युवा समूह सैनामैना नगर उपशाखा समिति विस्तार भए पछिको पहिलो कार्यक्रम रहेको कुरा जय महाकाल युवा समूह केन्द्रीय सदस्य तथा सैनामैना नगर उप साखा समितिकी संयाेजक सीता गाैतम जानकारी दिनु भएको छ।

 

जय महाकाल युवासमूह सैनामैना नगर उपशाखा रुपन्देहीका अध्यक्ष सागर लम्सालकाे अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष , जय महाकाल युवा समिति सैनामैना नगर उप शाखाका पदाधिकारी सेनाहरु, पुजारी लगायत भक्तजनहरूको सहभागीता रहेको थियो । कार्यक्रम संचालक रूपेश यादव र रवि आचार्यले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२२-०८-२७ , समय : २१:५४:४४ , १ वर्ष अगाडि