कपिलवस्तुमा सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै

प्रिन्स मिश्रा , ३०६  पटक हेरिएको

कपिलवस्तु, भाद्र १२

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको छ । कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नाली निर्माण नहुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउनेहरूले समस्या भोग्दै आएका थिए ।

सोही कुरालाई मध्यनजर गर्दै पहिलो पटक स्वतंत्र रूपमा कृष्णनगर नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको रजत प्रताप शाहले विकासका कार्यक्रम निरन्तर अगाडि बढाउदै आउनु भएको थियो ।सोही क्रममा पुन दोश्रो पटक निर्वाचित हुनु भएको मेयर रजत प्रताप शाहले चुनाव अगाडि कृष्णनगर बजारलाई सड्क नाली लगायत बजार व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहने जनता समक्ष वाचा गरे अनुसार नै कृष्णनगर बजारमा तिब्र गतिले सड्क निर्माण तथा नाली निर्माण कार्यलाइ तिब्रता दिएको स्थानीय राजन गुप्ताले बताउनु भएको छ ।

 

कृष्णनगरको महेन्द्र पार्क देखि भित्रि बजार सड्क कालोपत्रे तथा नाली निर्माण स्थानीय चुनाव अघि सम्पन्न भएको, मस्जिद देखि मूल बजारको सड्क संघिय योजना अनुसार निर्माण भैरहेको तथा गल्लामण्डी सड्क तथा नाली निर्माण कार्य नगरपालिकाको लगानीमा निर्माणाधीन अवस्थामा रहेको कृष्णनगर नगरपालिकाका इन्जीनियर प्रदिप चौधरीले जानकारी दिनु भएको छ ।

 

यता कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले विकासका हरेक कार्य यथासम्भव गर्ने तथा आफूले चुनावमा जनता संग गरेका बाचाहरू पुरा गर्दै जाने तथा कृष्णनगर बजार भित्रका सड्क तथा नाली निर्माण कार्य चलिरहेको बताउदै अबैध संरचना हरू हटाई सड्क विस्तारिकरकण भैरहेको तथा आफूले प्रदेश सरकार र केन्द्र सरकार संग पहल गरेर कृष्णनगर नगरपालिकाको विकासका लागि हर सम्भव प्रयास गरिरहेको बताउनु भएको छ ।
उहाले जनतालाई पनि विकास निर्माणका कार्यमा हातेमालो गर्न आग्रह गर्दै सुन्दर, शान्त र विकसित नगरपालिका बनाउन आ आफ्नो स्तरबाट सबैको सहयोग अपरिहार्य रहने बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-२८ , समय : ०७:२०:०९ , २ वर्ष अगाडि