निर्वाचन लक्षित सुरक्षा व्यवस्थाः माघ १५ भित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

रुपन्देही खबर , ५४  पटक हेरिएको

भैरहवा, माघ ८

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना माघ १५ गतेभित्र बुझाउन सूचना प्रकाशित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी ईकाइमा हातहतियार बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।

प्रहरी ईकाइमा बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित हतियारधनीले फिर्ता लिन सक्ने प्रशासनले जनाएको छ । सूचनाको उल्लङ्घन भएको पाइएमा कानूनबमोजिम कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २०२६-०१-२२ , समय : ०९:१८:४७ , २ घन्टा अगाडि