सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

रुपन्देही खबर , ७९  पटक हेरिएको

काठमाण्डौ,माघ २१

सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २ सय ६५ रुपयैयाँले बढेर तोलाको ५ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२६-०२-०४ , समय : १४:०२:५६ , ३ घन्टा अगाडि