रुपन्देही खबर , ६० पटक हेरिएको
मणिग्राम,माघ २८
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रमको पहिलो दिन कविता प्रतियोगिता, छात्रतर्फको भलिबल तथा सांगितिक कुर्सी दौड गरी तीनवटा प्रतियोगिता सम्पन्न भएका छन् ।
खुला कविता प्रतियोगितामा एम.बी.एस. पहिलो सेमेस्टरकी सुस्मिता पराजुली प्रथम र बी.एड. तेस्रो वर्षका नवीन गौतम द्वितीय हुनुभएको छ । त्यस्तै, बी.बी.एस.की विनिता पराजुली र ज्योशिव उपाध्याय संयुक्त रूपमा तृतीय हुनुभएको कविता प्रतियोगिता संयोजक माया घिमिरेले जानकारी दिनुभयो ।
सांगितिक कुर्सी दौड प्रतियोगितामा बी.बी.एस. दोस्रो वर्षकी जेसिन्ता वि.क. प्रथम, कृति पौडेल द्वितीय र बी.बी.एस. पहिलो वर्षकी पुष्पा गुप्ता तृतीय हुनुभएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले बताउनुभयो । यस्तै, छात्रतर्फको भलिबल प्रतियोगितामा बी.बी.एस. पहिलो वर्ष नेपाली माध्यम समूह प्रथम तथा बी.एड. पहिलो वर्ष समूह द्वितीय भएको भलिबल प्रतियोगिता संयोजक वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो । वार्षिकोत्सव अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-११ , समय : १९:५६:१७ , २ घन्टा अगाडि