रुपन्देही खबर , २५६ पटक हेरिएको
कपिलबस्तु, भदौ १३
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा: सि.के. राउतले मधेसीहरुको हक र अधिकारको लागि निरन्तर रुपमा काम गर्ने बताउनु भएको छ । उहाले अहिले पनि हरेक क्षेत्रमा मधेसीहरुलाई पछाडि पारेको बताउँदै आफूले निरन्तर संघर्ष गर्ने बताउनु भयो ।
‘मधेसी जनताको नाममा राजनीति गर्दै आइरहेका केही नेताहरुले मधेसको हक र अधिकार दिलाउनको लागि काम गरेको पाइँदैन । अब जनमत पार्टीले किसानको समस्यालाई समाधान गर्नको लागि काम गर्ने छौं ’ उहाले भन्नु भयो ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा सदभावना पार्टीको पुर्व संसद नरसिंह चौधरी ,लुम्बिनी संस्कृतिक नगरपालिकाका पुर्ब मेयर एवंम जसपाको केन्द्रीय सदस्य मनमोहन चौधरी , वडा अध्यक्ष राधेश्याम गुप्ता
नेपाल सदभावना पार्टीको विभिन्न पदमा बसिसक्नुभएका तथा लोसपाका केन्द्रीय सदस्य राजेन्द्र गुप्ता, नेपाल सदभावना पार्टीका नेता तथा राप्रपाका पूर्व केन्द्रीय महासचिव कैलाश गुरुङ, नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष मुरारी अग्रवाल सहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गर्नु भएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिनु भएको छ ।
यस्तै गरी बिमलेश यादव, निरदलि यादव, ओम प्रकाश कुर्मी , अंकित कुर्मी, शिव प्रसाद कहार, राजकुमार कुर्मी, र नितेश मोहन चौधरी लगायत जनमत पार्टीमा प्रबेश गर्नु भएको छ ।
उक्त कार्यक्रममा जनमत पार्टी कपिलवस्तुका अध्यक्ष सीता राम पटेलको अध्यक्षता र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२२-०८-२९ , समय : २२:१४:०२ , २ वर्ष अगाडि