रुपन्देही खबर , ५४ पटक हेरिएको
काठमाण्डौ,फागुन १९
रामेछापमा चुनावका सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा त्यसअघि असई पर्शुराम यादवको ज्यान गएको थियो ।
बाँकी ७ जना घाइतेको काठमाण्डौको छाउनी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिका–२ देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी हिजो दुर्घटना भएको थियो ।
प्रकाशित मिति: २०२६-०३-०३ , समय : १०:१५:३६ , २ घन्टा अगाडि