रोहिणी गाउँपालिकामा बड्की अतवार पर्वमा सार्वजनिक विदा

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा, भदौ १८

रुपन्देहीको रोहिणी गाउँपालिकाले बड्की अतवार पर्वको अवसरमा भदौ १९ गते आइतबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको भदौ १७ गतेको निर्णयअनुसार बड्की अतवार पर्वको अवसरमा विदा दिइएको हो ।

 

‘भदौ १९ गते आइतबार गाउँपालिकाभित्र शिक्षण संस्था, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय लगायत सम्पूर्ण गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको छ, ’ कार्यवाहक अध्यक्ष शिवकान्ती चमारद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-०९-०३ , समय : ०९:१७:५८ , २ वर्ष अगाडि