दुर्गा मोडेल एकेडेमी, सियारी–२ मा शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , १२६  पटक हेरिएको

भैरहवा, चैत ५

रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर २ चंठा स्थित दुर्गा मोडल एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले बुधबार एक कार्यक्रमका बिच विदाई गरेका छन् । कक्षा ९ का विद्यार्थी माया बरइको अध्यक्षता तथा सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यतामा कक्षा १० का बिद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आत्मीय वातावरणमा बिदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोचले मात्र सफलता हासिल गर्न सकिने बताउदै उहाँले आगामी एसइइ परीक्षालाई आत्मविश्वासका साथ सामना गर्न विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ । उहाले विद्यालयबाट प्राप्त ज्ञान र सीपलाई जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै गरी कार्यक्रममा बोदै विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरइले आफ्ना भावपूर्ण अभिव्यक्तिमार्फत विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति दृढ रहन प्रेरित गर्दै सफल भविष्यको शुभकामना व्यक्त गर्नु भएको छ । उहाले विद्यालय सधैं उनीहरूको प्रगतिमा गर्व गर्ने बताउदै बिदाइलाई नयाँ यात्राको सुरुवातको रूपमा लिन आग्रह गर्नु भएको छ । प्रधानाध्यापक बरइले चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सुझाव दिनुभयो ।

उहाले विद्यार्थी जीवनलाई व्यक्तित्व निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अनुशासन, परिश्रम र सकारात्मक सोचले मात्र जीवनमा सफलता हासिल गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको शिक्षा, ज्ञान र संस्कारलाई व्यवहारमा उतार्न सके मात्र त्यो शिक्षा सार्थक हुन्छ। आगामी एसईई परीक्षा तपाईंहरूको जीवनको महत्वपूर्ण मोड हो, त्यसैले आत्मविश्वासका साथ मेहनत गर्दै उत्कृष्ट नतिजा हासिल गर्नुस्।”
उहाले यस बिद्यालयले शतप्रतिशत नतिजा दिने प्रयासमा लागेको बताउदै एसइई परीक्षामा ४ जिपिए ल्याउने बिद्यार्थीहरुलाई नगद रु २५ हजार रुपैया सहित सम्मान गर्ने प्रतिबद्धतालाई बिद्यालयले जारी नै राखेको अवगत गराउनु भएको थियो । उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न, लक्ष्यप्रति दृढ रहन र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरणा समेत दिनुभयो।

यस्तै गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण बरइले आयोजक विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र सिर्जनशीलता विकास गर्न मद्दत पुग्ने बताउनुभएको छ ।

यस्तै गरी लेखा शिक्षक केशव यादवले सकारात्मक सोच, निरन्तर प्रयास र दृढ संकल्प नै सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई कहिल्यै हार नमान्न प्रेरित गर्नएको छ । उहाले कक्षा १० का बिद्यार्थीहरु अध्ययनको शिलशिलामा जहा गए पनि बिद्यालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यार्थीहरुको अमुल्य गहना नै अनुशासन भएकोले बिद्यार्थीहरु सधै अनुशासित र लगनशील हुनुपर्ने बताउनु भयो ।

स्वागत मन्तव्य राख्दै शिक्षक मदन बरइले कार्यक्रमले विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन शिक्षक प्रदिप कुमार सक्सेनाले गर्नुभएको थियो। कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूको अभिभावकहरूलाई समेत मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । जसले कार्यक्रमलाई थप भावनात्मक बनाएको थियो। अभिभावकहरूले विद्यालयले शिक्षा मात्र नभई संस्कार र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै खुशी व्यक्त गरेका थिए ।

विद्यार्थीहरूले विद्यालयमा बिताएका दिनहरू जीवनभर सम्झनलायक रहने बताउँदै शिक्षक र साथीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रममा प्रस्तुत गरिएको नृत्य, गीत तथा नाटकले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको थियो । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०३-१९ , समय : ०५:०६:१५ , २ घन्टा अगाडि