मोर्डन पब्लिक स्कुल, सिद्धार्थनगर–८ भैरहवाको २३ औं वार्षिकोत्सव सम्पन्न

पहिलो डिजिटल नमुना विद्यालय बनाउँदै ‘ग्लोबल विद्यार्थी’ उत्पादन गर्ने प्रतिबद्धता

उर्मिला यादव यात्री , ९८  पटक हेरिएको

भैरहवा, चैत ६

मोर्डन पब्लिक स्कुल सिनपा ८ शिवपथ भैरहवा रुपन्देहीको २३ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका अध्यक्ष अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा आज बिहीबार बिद्यालयमा २३ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी पोख्रेलले मोर्डन पब्लिक स्कुलले धेरै प्रगति गरेको बताउनु भएको छ । उहाले विद्यार्थी र विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनु भयो ।

पोख्रेलले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताउनु भएको छ । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताउनु भएको छ ।

उहाले संस्थागत बिद्यालय र सामुदायिक बिद्यालयमा केही फरक नभएको बताउनु भएको छ । उहाले सरकारी आखामा दुबै बिद्यालय समान भएको उल्लेख गर्नु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाको झण्डै २६ देखि २७ हजारको हाराहारीमा रहेको बिद्यार्थी संख्या मध्ये १७ हजार बिद्यार्थीहरुलाई शिक्षा दिन संस्थागत बिद्यालयहरु महत्वपुर्ण जिम्मेवारी निर्वाह गदै आएको उल्लेख गर्नु भयो ।

उहाले शैक्षिक गुणस्तरको सम्बन्धमा संस्थागत बिद्यालयमा कुनै उजुरी नपरेको बताउदै संस्थागत बिद्यालयले अभिभावकको मन जित्न सफल भएको बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाका बिद्यालय अब्बल भएको बताउदै बिद्यालयको निरीक्षण नगरपालिकाले सुक्ष्म रुपमा गर्दै आएको उल्लेख गर्नु भयो ।
उहाले मोर्डन पब्लिक स्कुलको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी बिद्यालयका अध्यक्ष अमित यादवले मोर्डन पब्लिक स्कुल ठुलो इतिहास बोकेको स्कुल भएको बताउनु भएको छ । उहाले बिद्यालयका शिक्षक र कर्मचारी लगायत बिद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै मोर्डन पब्लिक स्कुल शैक्षिक गुणस्तरमा फड्को मारेको बताउनु भएको छ । उहाले आगामी दिनमा समेत बिद्यालयको शैक्षिक गुणस्तर लगायत बिद्यार्थीहरुको क्षमता बृद्धिमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।
उहाले नगरबाट संचालित संस्थागत बिद्यालयहरु सुरक्षित र गुणस्तरी हुनुका साथै सबै बिद्यालयलाई नगरले समान रुपमा हेरेको बताउनु भयो ।
अध्यक्ष यादवले २ बर्ष भित्रमा बिद्यालयको आफनै भवन र हल सहित भैरहवाको पहिलो डिजिटल र नमुना बिद्यालयको रुपमा बिकास गर्दै ग्लोबल बिद्यार्थी उत्पादन गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले आफुले नेतृत्व गरिरहेको बिद्यालयलाई धेरै राम्रो तरिकाले अगाडी बढाउने योजनाका साथ काम गरिरहेको बताउनु भयो । उहाले छोटो अवधिमा बिद्यालयको टिमले बिद्यालय र बिद्यार्थीहरु बिकासको लागी गरेको अथक प्रयासले नै बिद्यालय यहा सम्म आइपुगेको जोड दिदै बिद्यालयको बिकास र शैक्षिक गुणस्तरमा अझै फड्को मार्ने योजनाका साथ कामहरु गरिरहेको समेत जानकारी दिनु भएको छ ।

यस्तै गरी मोर्डन पब्लिक स्कुलका बरिष्ठ सल्लाहकार तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानीगाउका प्राचार्य एल.बि, रौतारले बिद्यार्थीहरुलाई अगाडी बढाउन र उनीहरुको शैक्षिक गुणस्तरमा अभिभावकहरुको महत्वपुर्ण भुमिका भएको बताउनु भएको छ । उहाले पछिल्लो समय अभिभावकहरु समेत मोवाइल लगायत अन्य क्रियाकलापमा ब्यस्त हुदा आफना बालबालिकाहरु निगरानी देखी बाहिर हुदा नै उनीहरु गलत संगतमा फस्ने गरेको उल्लेख गर्नु भयो । उहाले बिद्यार्थीहरुलाई मोवाइलबाट टाढा राख्न सकेमात्र उनीहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने भएकोले यि कुराहरुको बिशेष ख्याल गर्न अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।

यस्तै गरी मोर्डन पब्लिक स्कुलका प्रबन्ध निर्देशक तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहप्राचार्य राहुल यादवले स्वागत मन्तब्य राख्दै मोर्डन पब्लिक स्कुलको नाम अनुसार यसलाई आधुनिकिकरण गर्न आग्रह गर्नु भएको छ । उहाले आधुनिक शिक्षा नै आजको आवश्यकता भएकोले यहाका शिक्षकहरुलाई सोही अनुसार शिक्षा प्रदान गर्न अनुरोध गर्दै यसमा अभिभावकहरुलाई आफनो महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नू भएको छ । उहाले बालबालिकामा राम्रो शिक्षा र आचारणको प्रभाव अभिभावकबाट आउनुपर्ने जोड दिनु भयो । सहप्रचार्य यादवले बिद्यालयको ज्ञान मात्रले बिद्यार्थीहरु पुर्ण नहुने र संस्कार बिना कुनै पनि बिद्यार्थी सफल हुन नसक्ने भएकोले संस्कारका लागी अभिभावकबाट पहल हुनुपर्ने जोड दिनु भयो । उहाले आगामी दिनमा पनि यस बिद्यालयले बिद्यार्थीहरुको भबिष्य सुनिश्चित गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने तरिकाले काम गर्दै जाने बताउनु भएको छ । उहाले यस बिद्यालयलाई भैरहवामा नै उत्कृष्ट बिद्यालय बनाउनका लागी सबैले हातेमालो गर्दै अगाडी बढन आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी कक्षा ७ को बिद्यार्थी साइना खातुनले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कक्षा ८ को बिद्यार्थी आयुषी चौरासिया, कक्षा ९ को बिद्यार्थी पल्लवी कान्दु, सिफा समानी, आयुषा बि.क.अले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रममा मोर्डन पब्लिक स्कुलमा बिगत ३० बर्ष देखि शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आफनो जिवन यसै पेशामा समर्पित गर्नु हुने किसन थापा र रुखमिणी थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरुलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो भने बिद्यालयमा भएका बिभिन्न खेलकुल प्रतियोगिता र आर्थिक बर्ष २०८१ मा उत्कृष्ट स्थान हासिल गरेका बिद्यार्थीहरुलाई मेडल,प्रमाण पत्र, र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक नाचगान मार्फत आ आफनो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यप, अनामिका जब लिंकका प्रबन्धक अनामिका यादव, सुर्यदेव मा.बिका प्रधानाध्यापक भरत गिरी, बिरेन्द्र यादव, कौसल मिश्रा, यादव लगायत बिद्यार्थी, बिद्यालयका शिक्षक,शिक्षिका ,अभिभावक लगायत बिभिन्न संस्थाका पदाधिकारी, सरोकारवाला निकाय लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०३-२० , समय : १०:३२:१९ , २ घन्टा अगाडि