रुपन्देही खबर , ८२ पटक हेरिएको
मणिग्राम, चैत ९
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित टिकुलीगढ माध्यमिक विद्यालय प्राङ्गणमा एकदिवसीय निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । राममणि बहुमुखी क्याम्पस को आयोजनामा “स्वस्थ मुख महाअभियान २०८२/०८३” अन्तर्गत आधुनिक डेण्टल समाज डेण्टल केयर प्रा.लि. को सहयोगमा शिविर सञ्चालन गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिनुभयो । क्याम्पसको स्वास्थ्य तथा वातावरण एकाईका अध्यक्ष विन्दु आचार्यको अध्यक्षतामा तथा तिलोत्तमा–१४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
शिविरमा डा. गरिमा बस्यालसहित शिक्षा न्यौपाने, नवीन पराजुली, सागर सापकोटा, गंगा पोखरेल, समीक्षा भण्डारी र सिर्जना पाण्डेय लगायत स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग गरेको थियो । शिविरमा २ सय ११ जनाको दाँत परीक्षण गरिएको डेण्टल प्रा.लि.का संयोजक माधव सापकोटाले जानकारी दिनुभयो ।
शिविरबाट विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएको क्याम्पसका उपप्राध्यापक नोवराज तिवारीले बताउनुभयो । कार्यक्रममा क्याम्पस सभा सदस्य श्यामलाल खरेल, डेण्टल प्रा.लि.का अध्यक्ष अमृत भुसाल, विद्यालयका प्रधानाध्यापक शंकरदत्त उपाध्याय, उपप्राध्यापक भिमलाल घिमिरे, कविता पन्थी, जनक वि.क. लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२६-०३-२३ , समय : २०:३४:४८ , १ घन्टा अगाडि